|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव गम्भीर बिरामी भएपछि चार दिनअघि वीर अस्पताल भर्ना भएका थिए।

भीआईपीहरुका लागि तयार पारिएको वीरको विशेष कक्षमा भर्ना भएर उनी उपचाररत थिए। चार दिनदेखि वीर अस्पतालको भिआइपी कक्षमा उपचाररत उनको पद मन्त्रीनिवास फिर्नै नपाई खुस्किएको छ। 

राज्यमन्त्री सुरेन्द्र यादवको मेरुदण्डमा समस्या देखिएपछि हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगेपछि अस्पाताल भर्ना गरिएको थियो। कयौँ वर्षदेखि प्रयोगविहीन वीरको भीआइपी कक्षमा पहिलो पटक पुगेर उपचाररत रहने क्रममै यादवलाई सरकारले बिदा गरेको छ। 

राज्यमन्त्री यादवलाई अहिले वीरमा नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ। पछिल्लो समय स्वास्थ्यमा केही खराबी देखिँदै आएकोले पहिलो पटक उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

तर त्यहाँ लामो समय कुर्नु पर्ने भएपछि राज्यमन्त्री यादव वीर अस्पतालमा पुगेका थिए। समाजवादी पार्टी नेपालका उनका विभागीय मन्त्री उपेन्न्द्र यादवलाई पनि सरकारले स्वास्थ्यबाट कानुन सरुवा गरेको छ।

यादव भने सोमबारदेखि भारत भ्रमणमा छन्। उनी दिल्लीमै रहेका बेला सरकारले उनलाई स्वास्थ्यबाट कानुनमा सरुवा गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.