आफ्नासामु रहेका चार चुनौती सुनाए

|

काठमाडौं : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारी प्रशासन नै खत्तम छन् भन्ने आफ्नो मान्यता नरहेको बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले आफुमाझ चारवटा ठूला चुनौती रहेको उल्लेख गरे। 

उनले कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने बाचा गरे। त्यसैगरि राज्य व्यवस्था समितिमा रहेको संघीय निजामती कर्मचारी ऐनसम्बन्धी विधेयकलाई पार लगाउनुपर्ने अर्को चुनौती आफूलाई रहेको उनले स्वीकारे। 

त्यसैगरी प्रत्येक स्थानीय तहका केन्द्रलाई मूल सडक (राजमार्ग) मा जोड्ने काम पुरा गर्ने प्रतिवद्धता उनले जनाए । त्यसैगरी कर्मचारी प्रशासन चुस्त दुरुस्त राखेर चलायमान बनाउन आफूले भूमिका खेल्ने उनले सुनाए।

‘कर्मचारी संयन्त्रमा मात्रै समस्या होइन, नीतिगत सुधार पनि आवश्यक छ। त्यसमा काम गर्छौँ’, उनले भने, ‘कर्मचारी नै खत्तम छन् भन्ने मेरो मान्यता, होइन, म बिगार्दिनँ, सपार्नतिर लाग्छु। कर्मचारी संयन्त्रलाई चलायमान बनाउँछु।’ 

संघीयता कार्यान्वयनका क्रममा केन्द्रले लाद्यो भन्ने भ्रमलाई चिर्नुपर्ने उनले बताए। ‘संघीयताको अभ्यासका क्रममा केन्द्रले लाद्यो भन्ने सोचाई परिवर्तन गर्छु। संविधानमा लेखेका कुरामा बिमत्ति होलान् तर कार्यान्वयन गर्ने कुरामा सबैले जानुपर्छ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.