कामले नै जनताको मन जित्ने दाबी

|

काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले डाक्टरहरु काम गर्ने भएकाले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताएका छन्। 

कानुनबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर पदभार ग्रहण गर्ने क्रममा उनले भने, ‘काम गर्दै जनताको मन जित्छु, कामले नै विश्वास लिन्छु। यो ठाउँ निष्ठाको थलो हो। स्वास्थ्यमा काम गर्ने डाक्टरहरु नै निष्ठाका प्रतीक हुन्।’ 

उनले यो मन्त्रालयमा काम गर्दा आफूले इमान नबेच्ने पनि बताए। ‘निष्ठा र इमानलाई बन्धक बनाएर काम गर्दिनँ। मन्त्रालयलाई अनिर्णयको बन्दी बनाउँदिन’, उनले भने, ‘यहाँका समस्याको समाधान गर्न तयार छु। यसमा अफ्ठेरो नमानी काम गरौँ, सुखी नेपाली समृद्ध नेपाल नारालाई सफल बनाउनुपर्छ।’ 

उनले मन्त्रालयमा भएका समस्या छलफल गरेर नै समाधान गर्ने पनि प्रतिवद्धता जनाए । ‘समस्यालाई समस्या बनाएर आएमा अल्झाउला तर अहिलेको गतिलाई रोक्दैन’, उनले भने, ‘अहोरात्र खटेर काम गर्नुपर्छ। विज्ञापन र चर्चाबाट मुक्त छु म’, उनले भने, ‘विगतमा पनि राम्रै थियो होला, नराम्रो होला भन्दिनँ। अब मिलेर काम गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.