|

काठमाडौं : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पदभार ग्रहण गरेका छन्। 

मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा केरुङ–काठमाडौं रेलमार्गको फाइलमा हस्ताक्षर गरेका छन्। 

पदभार ग्रहणका क्रममा उनले केरुङ–काठमाडौँ रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चीनसँग वार्ता गर्न कदम चाल्ने विषयमा हस्ताक्षर गरेका हुन्। 

त्यसैगरी कृषिमन्त्री घनश्याम भुसालले भने पहिलो निर्णयका रुपमा कुनै फाइलमा हस्ताक्षर गरेनन्। उनले औपचारिकतामा ब्रेक थ्रु भन्दै पहिलो दिन केही निर्णय नलिने निर्णय लिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.