|

काठमाडौं : राज्मयन्त्री भएलगत्तै रामवीर मानन्धर विकास तथा प्रविधि समितिको बैठकमा सहभागी भएका छन्। उनले शहरी विकास राज्‍यमन्त्रीको रूपमा बिहीबार शपथग्हण गरेपछि मन्त्रालयमा आएर पदभार ग्रहण गरेका थिए। त्यसको केही मिनेटमा नै समिति बैठकमा पुगेका हुन्। 

शहरी विकास मन्त्री विकास समितिको पदेन सदस्यसमेत हुने गर्छ। यसअघि मानन्धर उद्योग तथा वाणिज्य, उपभोक्ताहित तथा श्रम समितिको सदस्य रहेका थिए। उनी नेकपाको तर्फबाट प्रतिनिधीसभाको निर्वाचनमा काठमाडौं ७ बाट निर्वाचित भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.