|

मुगु : छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरेका छन्। छायाँनाथ रारा नगरपालिका ५ का कालीबहादुर बुढाका भेडा जंगलमा चराउन लगिएका बेला जंगलामा पाइने आरे नामक बिषालु डाले घाँस खाएर मरेका हुन्।

मंगलबार रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने माहदेव राराताल नजिकैको वनमा भेडा चरीरहेका भेडाले बिषालु घाँस खाएलगत्तै धमाधम मरेका किसान बुढाको भनाई छ। 

७० वटा भेडा वनमा चराउन लगिएका थिए। आरे खाएको थाहा पाएपछि अन्य भेडालाई घरेलु औषधि खुवाइ उपचार गरेर बचाइएकाे थियो। २० वटा भेडा भने मरेका छन्। भेडा पालक किसान बुढाको तीन लाख बराबरको क्षति भएको छ।

२० वटा भेडा मरेपछि वनमा भेडा चराउन गोठाला गएकी बुढाकी श्रीमती बेहोस भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.