ओली भन्‍थे : कांग्रेसको आतंकले घट्यो, कांग्रेस भन्छ : कम्युनिष्ट बलियो हुँदा झन् घट्यो

|

काठमाडौं : पुँजी बजार साना लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् 'मन्त्रिपरिषद् पुर्नगठन भयो, अर्थमन्त्री  भने नफेरिएपछि सेयर बजार बढ्न सकेन, बरु झन् घट्यो'।

केही दिनअघि नेप्से बढ्दा लगानीकर्ताहरुले भनेका थिए, 'मन्त्रिपरिषद् पर्नगठन हुँदैछ, त्यसबेला अर्थमन्त्री पनि परिवर्तन हुने सम्भावना भएकाले लगानीकर्ता उत्साहित भएका छन्, त्यसैले नेप्से बढेको थियो।' 

अर्याल बिहीबार नेप्से परिसूचक घट्नुको एउटा मात्रै कारण अर्थमन्त्री यथावत रहनुलाई देखाउँछन्। सेयर घट्नु र स्थिर रहनुका पछाडि अर्थमन्त्री डा. युवराज खतिवडालाई देखाउन थालेको दुई वर्ष पुग्न थालेको छ।

कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्‍ने कल्पना केही समयका लागि दिवास्वप्‍ना भएका छन्। सेयरका जानकारहरु पदमा बसेको व्यक्तिको बोलीले सेयर बजामरा प्रभाव पार्ने भए पनि घट्नु बढ्नु नियमित च्रक भएको बताएका छन्।

मंगलबार नेपाली कांग्रले उप-निर्वाचनलाई केन्द्रित गरेको गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्‍वप्रकाश शर्माले भनेका थिए, 'कम्युनिष्ट बलियो हुँदै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा हेरिने सेयर बजार कमजोर बन्दै गएको छ, यसैले देखाउँछ सरकारको प्रवृत्ति।' 

अर्थमन्त्रीको २० महिना र सेयर ग्राफ

अर्थमन्त्रीको कार्यकाल बढ्दै जाँदा सेयर बजार परिसूचक अंक भने निरन्तर ओरालो लाग्दै गएको छ। अर्थमन्त्रीका रुपमा खतिवडाले पदभार सम्हाल्ने अघिल्लो दिन अर्थात् २०७४ फागुन १४ गते १३ सय ५८ अंकमा थियो। तत्कालीन अवस्थामा निरन्तर एक सातादेखि सेयर बजार घट्दै आएको थियो। 

२०७४ फागुन १४ गते १५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। आज बिहीबार २९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

२०७६ मंसिर ६ गतेसम्मको स्थितिलाई हेर्दा २३८ अंकले ह्रास आएको छ। खतिवडा मन्त्री हुँदाको दिन भने झिनो अंकले बढेको थियो। 

तथापि खतिवडा मन्त्री हुँदाको दिन २०७४ फागुन १५ गते कारोबार रकम र नेप्सेको अंकमा सामान्य सुधार आएको थियो।

मन्त्रीको आलोचना

मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्णी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै भने,'बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी हो।'

करिब एक वर्षदेखि निरन्तर घटिरहेको बजार अहिले झन् ओरालिँदैछ। मन्त्री भएको केही दिनमै उनले फेरि अर्को टिप्पणी गरेका थिए, 'सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन। लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो।', यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो।

त्यसको भोलिपल्ट २०७४ चैत १२ का दिन बजार खुलेको पहिलो एक घण्टामै नेप्से परिसूचक ३ प्रतिशत घट्यो। र, पहिलो सर्किट ब्रेक लगाउनुपर्यो। त्यो दिन बजार समग्रमा ५१.८९ अंकले घटेको थियो।

त्यसपछि २०७४ चैत १७ मा अर्थमन्त्रीले देशको अर्थतन्त्रबारे श्‍वेतपत्र जारी गरे। जसमा उनले नेपालको पुँजी बजारलाई 'सतही र संकुचित' भन्दै फेरि आलोचना गरे।

त्यसको भोलिपल्ट बजार फेरि २४ अंक घटेको थियो। त्यसपछि सेयर बजारबारे उनले सार्वजनिक रुपमा टिप्पणी गरेका छैनन्। तर पुँजीगत लाभकर गणना विधिमा उनले असहमति जनाएका थिए। 

त्यसपछि सुरु भएको हो मन्त्री खतिवडाको राजीनामा माग। त्यति मात्रै हैन सेयर लगानीकर्ताले नेपालको इतिहासमै पहिलो पटक बजार बन्द गराएका थिए। तर मन्त्री खतिवडाले लगानीकर्तालाई फकाउँदै केही समयमै सुधार गर्ने प्रतिवद्धता जनाएका थिए। 

प्रधानमन्त्री हुनुअघि ओलीको आलोचना

केपी शर्मा ओली प्रधानमन्त्री बन्‍ने कुरा पक्का पक्की थियो। ओली प्रधानमन्त्री हुनु पहिले सेयर बजारमा निरन्तर ह्रास आएको थियो। ओलीले पार्टी कार्यलयमाै सकरारको आतंकका कारण सेयर बजार घटेको बताए। 'म आएपछि सुधार हुनेछ', उनले भनेका थिए।

त्यसपछि सेयर लगानीकर्ता ओलीलाई भेट्न बालकोट पुगेका थिए। समस्या बुझेको बताउँदै उनले सम्बोधन गर्ने आश्वासन दिएपछि सेयर बजार उकालो लागेको थियो। अहिले कांग्रेसले ओलीकै शैलीमा आलोचना गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.