|

डोल्पा : उपल्लो डोल्पाबाट तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। शे-फोक्सुण्डो गाँउपालिका ८ रिग्मोबाट गर्भवती महिलाको उद्धार गरिएको हो।

फोक्सुण्डो तालको छेउमा रहेको रिग्मो गाँउकी ३० वर्षीया टसीमिन्डीत रोकाया सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि सुर्खेत क्षेत्रीय अस्पतालमा लगिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए। तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायको बच्चा चल्न छोडेको र बच्चा जन्माउन नसक्ने अवस्था आएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको श्रीमान् पुर्वातुण्डुप बैजीले बताए।

गाउँनजिकै रहेको फोक्सुण्डो स्वास्थ्य चौकीमा कर्मचारी नभएको र एकजना एचएले उपकरणबिनै सामान्य जाँच गरेर बाहिर लैजान बताएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हो।

जिल्ला प्रशासन कार्यालय डोल्पाको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषबाट उद्धार गरिएको हो। यहि साता फोक्सुण्डोको रिग्मोबाट दुईजना गर्भवती महिलाको उद्धार गरिएको थियो। उद्धारमा ढिला हुँदा एक महिलाले ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.