|

काठमाडौं : ०७२ को  भूकम्पले क्षति गराएका  देशभरका  सम्पदाहरू  केही पुनर्निर्माण भए पनि वसन्तपुर क्षेत्रलगायत विभिन्न सम्पदाहरू अझै पनि टेकोकै भरमा छन्। भूकम्पले

देशभरमा ८९१ सम्पदाको क्षति गराएको र  हालसम्म ३ सय ८० सम्पदा निर्माण भइसकेको पुरात्तत्व विभागले जनाएको छ। बाँकी सम्पदाहरूको पुनर्निर्माण आगामी दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने विभागले जनाएको छ। भूकम्पले ३१ जिल्लाका सम्पदा क्षति गरेको थियो।

नेपाल सरकारले सम्पदा पुननिर्माणको लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। बाँकी सम्पदा निर्माणका लागि बजेट अभाव नभएमा लक्षित समयमै निर्माण गरिसक्‍ने उनले दाबी गरे। केन्द्र सरकारले क्षति भएका सम्पदाहरू निर्माण गर्नलाई १ अर्ब २६ करोड बजेट बिनियोजन गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.