|
Photo : sambadmedia

काठमाडौँ : पशुपति तिलगंगास्थित विद्युत शवदाह गृह बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ। 

मेसिन बिग्रिएपछि करिब दुई हप्तादेखि बन्द रहेको शवदाहगृह मेसिनको मर्मतपछि सञ्चालनमा आएको हो। असार ७ गते आएको बाढी शवदाह गृहमा छिरेर मेशिन बिग्रिएपछि असार १३ गतेदेखि बन्द रहेको थियो।

शव जलाउने दुई वटा मध्ये एउटा मेशिन बनाईएको र शवदाहगृहमा बाढी नछिर्ने गरी व्यवस्थापन गरि सन्चालनमा ल्याईएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले बताए। उनका अनुसार अर्को मेशिनको मर्मतका लागि आज भारतको कोलकाताबाट मेशिन निर्माता कम्पनीका प्राविधिक आउने र आवश्यक परिक्षण र मर्मत पछि दुई/तीन दिनपछि सन्चालन हुनेछ। 

प्रदुषण नियन्त्रण र लागत तथा समय बचत गर्ने उद्धेश्यले गत वर्ष माघ १० गतेदेखि दुई वटा शवदाह मेशिन सन्चालनमा ल्याईएको थियो। शवदाहगृहमा एक दिनमा २२ वटासम्म र समग्रमा आज बिहान सम्म १ हजार ७ सय ६० वटा शव जलाईएको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए। 

कोषले एउटा शव दाह गर्नका लागि ३ हजार शुल्क लिंदै आएको छ। बिजुली बढी खपत हुने भएकाले खर्च धान्नका लागि अब शुल्क रकम बढाएर ४ हजार पुर्‍याउन लागिएको उनले बताए। सरकारले खर्च व्यवस्थापनका लागि अनुदान दिए यो रकम घटाउन सकिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.