मत परिणाम आजै आइसक्ने

|

रौतहट : नेकपा,कांग्रेस र समाजबादी पार्टीले आफ्नो प्रतिष्ठाको रुपमा लिएको गडीमाई नगरपालिका वडा नं. २ मा ८५ प्रतिशत मत झरेको छ। १ हजार ८२२ मतदाता रहेको उक्त वाडमा हालसम्म १ हजार ५ सय ४५ मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका छन्।

२ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र रहेको सो वडामा त्रिपक्षीय भिडन्त रहेको छ। २०७४ असोज २ गते भएको स्थानिय तहको निर्वाचनमा सो वाडबाट राजपाको तर्फबाट जितेका जोगी दासको गत २०७५ बैशाख ७ गते मृत्यु भएपछि सो वाडमा निर्वाचन भएको हो। मृतक दासका छोरा दिनेश दासले अहिले समाजबादीको तर्फबाट सो वडाको वडा अध्यक्षमा लडेका छन्।

सो वाडको जितलाई नेकपा,कांग्रेस र समाजबादी पार्टीले आफनो प्रतिष्ठाको लडाइँ सम्मझेर ब्यापक रुपमा प्रचार प्रसार गर्दै आएका थिए। सो वाडमा भोट माग्नको लागि समाजबादी पार्टीका परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समाजबादी पार्टीका वाड अध्यक्ष उमेदवार दासको प्रचार प्रसारको लागी रौतहट आएका थिए। दासलाइ जिताउनको लागी पुर्व प्रधानमन्त्री भट्टराई रौतहट आएका हुन र स्थानियहरु संग भोट पनि मागे। यति मात्रै नभएर पछि प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत समेत आएर दासको लागी भोट मागेका थिए। प्रदेश नं. २ का बिकाश ससिति सभापति फुलबाबु, कृषि राज्य मन्त्री योगेन्द्र यादब लगायतका नेताहरु सक्रिय भएर लागिपरे।

यस्तैगरी नेकपाका उमेदवार जवार मियालाइ जिताउनको लागी नेकपाका प्रदेश नं. २ का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साह पनि भोट माग्न पुगेका थिए। उनले आफनो उमेदवारको लागी गाउ गाउ पुगेर भोट मागेका थिए। यसैगरी नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका दिपेन्द्र श्रेष्ठलाइ जिताउनको लागी रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमलसिना सक्रिय भएर लागेका थिए। हरेक मतदाताहरुको घर घरमा पुगेर उनले आफनो उमेदवार श्रेष्ठलाइ भोट दिन आग्रह गरेका थिए।

सो वाडमा अहिले त्रिपक्षीय भिडन्त हुने भएको छ। बाजी भने कस्ले मार्ला भन्ने सबैको चासो रहेको देखिन्छ।

१ हजार ८ सय मतदाता रहेको उक्त वाडमा ६ जना दलबाट र ४ जना स्वत्रन्त्र गरी १० जनाले उमेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय रौतटहका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन।

आजै मतगणना

राती ७ बजेटबाट मतगणना हुने प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला अदालत रौतहटका मुख्य न्यायधिस बसन्तराज पौडेलले जानकारी दिएका छन। सम्भबत राती १० बजेसम्म परिणामसमेत आइपुग्ने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.