|

सिरहा : सिरहाको कल्याणपुर १२ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा ७१ दशमलव ८३ प्रतिशत मत खसेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। 

कल्याणपुर १२ मा पर्ने तिलासी बेलहा आधारभूत विद्यालय र विष्णुचरण आधारभूत विद्यालय बेलहाको (क), (ख) र (ग) गरी चार मतदान केन्द्रमा कुल मतदाताको ७१ दशमलव ८३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले बताए। वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा तिलासी बेलहा आधारभूत र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मा गरी कुल तीन हजार चार सय ५० मतदातामध्ये दुई हजार चार सय ७८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरले जनाएको छ।

कल्याणपुर १२ को वडाध्यक्ष पदका लागि नेकपाबाट दिलिपकुमार यादव, नेपाली कांग्रेसका राजकुमार मुखिया, राजपाका प्रदीपकुमार महतोसहित आठजना दलीय उम्मेदवार र पाँचजना स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्। २०७४ असोज  २ मा भएको स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका १२ का वडाध्यक्ष पदमा निर्वाचित नेपाली कांग्रेसका रामदेव यादवको क्यान्सरको कारणले २०७५ वैशाख १८ गते मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.