|
फाइल तस्वीर

पर्सा : शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ मा भएको उपनिर्वाचनमा ८१.७८ प्रतिशत मत खसेको छ। देशका विभिन्न ठाउँमा भइरहेको उपनिर्वाचनअनुसार पर्साको पनि सखुवाप्रसौनी गाउँपालिका-५ मा भएको मतदानमा ८१.७८ प्रतिशत मत खसेको हो।

शान्तिपूर्ण रूपमा भएको निर्वाचनमा १८.२२ प्रतिशत भने मत खसेन। यो भनेको कुल मतदाता २ हजार ६०२ जनामध्ये ४७४ मत नखसेको हो। पर्साको एक मात्र वडामा भएको निर्वाचनमा २ हजार १२८ मत खसेको पर्साका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए। 'सखुवाप्रसौनी गाउँपालिका-५ को वडाध्यक्षका लागि शनिबार भएको मतदानमा २८१ पुरुष र १९३ महिला मतदाता भने अनुपस्थित रहे' उनले भने। अनुपस्थित मतदाता ४७४ रहे पनि अपेक्षाकृत रूपमा मत खसेको पर्साको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले बताइन्।

कुल २ हाजर ६०२ मतदाता मध्ये पुरुष १ हजार २११ र महिला मतदाता ९१७ जनाले मतदान गरेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए। भरदिन भएको निर्वाचन शान्तिपूर्ण र सभ्य तरिकाले भएको उनको भनाइ छ।  

नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), समाजवादी पार्टी र स्वतन्त्र गरी ५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा मत गणना भने स्थानीय दीपनारायण आदर्श मावि औराहा पचगावाँमा गर्ने तयारी भइरहेको छ। अहिले ७ बजेबाट मत गणना गर्ने र राति ११/१२ बजेसम्ममा गणना पनि सम्पन्न गर्ने तयारी भइरहेको पर्साका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए। प्रतिस्पर्धाको मैदानमा पाँचजना मात्र उम्मेदवार रहेकोले गणना पनि चाँडै भइसक्ने अपेक्षा रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.