|

भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यका लागि शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले अग्रता लिएको छ। चाँगुनारायण नगरपालिकाको नौवटै वडा र भक्तपुर नगरपालिका–१० समावेश यस क्षेत्रको मतगणनामा बिहान ६ बजेसम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएको छ।

चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मतगणनामा भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ५ हजार ६३१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिए।

प्राप्त विवरण अनुसार चाँगुनारायण–१ मा कांग्रेसले १ हजार ५३५, नेकपाले ८७५, नेमकिपाले २१९, साझाले ५१ र राप्रपाले ३२ मत प्राप्त गरे। त्यसैगरी वडा नम्बर २ बाट कांग्रेसले १ हजार ४९९, नेकपाले १ हजार ३२, नेमकिपाले १६४, साझाले ८८, राप्रपाले ११५ मत प्राप्त गरे भने  वडा नम्बर ३ मा कांग्रेसले १ हजार २८९, नेकपाले १ हजार ३५१, नेमकिपाले ४०९, साझाले ३६ र राप्रपाले ४० मत प्राप्त गरेका छन्।

त्यस्तै, वडा नम्बर ४ मा कांग्रेसले १ हजार ८५३, नेकपाले १ हजार २६९, नेमकिपाले १३४, साझाले २० र राप्रपाले १७ मत पाए भने वडा नम्बर ५ मा कांग्रेसले १ हजार ९२५, नेकपाले १ हजार १०४, नेमकिपाले १ हजार २७, साझाले ४१ र राप्रपाले ७५ मत पाएको सूचना अधिकारी बिसीले जानकारी दिए। 

यस क्षेत्रमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा भक्तपुर नगरपालिकाको वडा नं. १० को मतगणना बाँकी रहेको छ। आइतबार राति १० बजेदेखि सुरु भएको मतगणना सौहार्दपूर्ण वातावरणमा भइरहेको जनाइएको छ। आज दिउँसो २ बजेसम्म मत परिणाम आउने बिसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.