राजनीति

पर्सामा समाजवादीका रुपलाल विजयी

मंसिर १५, २०७६

    पर्सा : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलालकुमार यादव विजयी भएका छन्। 

    समाजवादी पार्टीको पन्जाछापबाट निर्वाचनमा लडेका यादवले १ हजार ३१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशेस्वर यादवले ८१९ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए। वडाध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहेका पाँचजना मध्ये तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उदयशंकर रौनियारले २३२ मत प्राप्त गरेका छन्। 

    त्यसै गरी स्वतन्त्रका गोपाल साह कानुले १६ मत र राप्रपाका सदरी महराले गाई छापबाट ८ मत प्राप्त गरेको उनले बताए। कुल खसेको २ हजार १२८ मत मध्ये २२ मत बदर भएको पर्साको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले बताइन्। आइतबार बिहान १ बजेतिर सकिएको मत गणनाको अन्तिम नतिजामा २२ मत बदर भएको  झाको भनाइ छ।

    वडाध्यक्षमा निर्वाचित रुपलाल कुमार यादव आफ्नै बुबा वृजमोहन यादवको पदमा पुगेका हुन्। उनैका बुबा वृजमोहनको हृदयघातका कारण मृत्यु भएर रिक्त रहेको पदमा शनिबार भएको निर्वाचनमा आफ्नो पार्टीको पनि शाख जोगाउँदै रुपलाल विजय बनेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]