|

भक्तपुर : भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार  डि पि ढकालले ११२०६ मत ल्याए। भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।  

यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।  

सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए। 

प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.