|

जनकपुरधाम : साताव्यापी विवाह पञ्‍चमीअन्तर्गत आज भगवान् राम र माता सीताको स्वयम्वर (शुभ विवाह) हुनेछ। विवाह समारोहमा सहभागी हुन आएका साधसन्त र श्रद्धालुहरु गंगा स्नान गरेका छन्। 

स्नान गर्ने श्रद्धालुहरुको ऐतिहासिक गंगासहितका पोखरीमा घुइँचो लागेको छ। त्रेतायुगमा माता सीताको गंगासागर पोखरीमै मटकोर भएको मानिन्छ। सोही कारण उक्त पोखरीमा श्रद्धालुहरु स्नानपश्चात जानकी र राम मन्दिरमा पूजापाठ गर्ने गर्छिन्। यहाँ स्नान गर्दा पापबाट मुक्ति र परिवारमा सुख शान्ति प्राप्त हुने जनविश्वास छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.