|

जनकपुरधाम : जनकपुरधाममा विवाह पञ्चमीको रौनकता छाएको छ। आइतबार दिउँसो भगवान राम र माता जानकीको डोला नगरपरिक्रमा गरिएको हो। जानकी र राम मन्दिरबाट निकालिएको डोला रंगभूमि मैदान पुगेपछि नगरपरिक्रमा गरियो। नगरपरिक्रमामा जनसागर नै उर्लिएको थियो।

बाजागाजा र झाकीसहित निकालिएको डोला नगरपरिक्रमा गर्दा रंगअविर समेत खेलिएको छ। भगवान राम र सीता माताको डोलाको दर्शन गर्न रंगभूमि मैदान पूरा भरियो। करिब ५ लाखभन्दा बढी श्रद्धालु डोलाको दर्शन गरेको बताइएको छ। डोला नगरपरिक्रमा गर्ने बेलामा सर्वसाधारणले फूल बर्साएका थिए।

भगवान राम र जानकीको डोला जानकी मन्दिर पुगेर साँझ स्वयम्बर तथा विवाह विधि गरिएको छ।  त्रेतायुगमा आजकै दिन भगवान रामको सीतासँग विवाह भएको सम्झनामा हरेक वर्ष जनकपुरमा विवाह पञ्चमी मनाइन्छ।

२०६१ सालदेखि हरेक ५ वर्षमा भारतको अयोध्याबाट आउने जन्ती यसवर्ष पनि आएकाले विवाह पञ्चमीमा रौनकता थपिएको छ। यसबाहेक लाखौं श्रद्धालु आएपछि जनकपुरधाम खचाखच भरेको छ। जानकी मन्दिरमा दर्शन गर्न समेत श्रद्धालुलाई हम्मेहम्मे परिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.