|
कराँतेमा स्वर्ण जितेपछि विप्लवलाल । तस्बिर : शिला तिमल्सिना

काठमाडौं : कराँतेतर्फको ८५ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्। 

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। 

स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए। विप्लवलालसँगको भिडन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन्। 

विप्लवलालसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई पराजित गरेका थिए। योसँगै नेपालले कराँतेबाट पाँचवटा स्वर्ण पदक जितेको छ।

यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले रजत पदक जितेका थिउ। उनी बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.