|

हेटौंडाः  मकवानपुर प्रहरीले सुन चोरेको र चरेश बोकेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले चरेश बोकेर मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारतको मोतिहारीका २५ वर्षीय राजेश यादव र १८ वर्षीय ऋषिकुमार यादव रहेका छन्। पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल भैंसेमा जाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्यांकी मुनी फल्स बटम बनाएर लुकाई ल्याएको २५ किलो चरेश बरामद गरेको छ। 

४ तोला सुन चोर्न पक्राउ 

यस्तै मकवानपुर प्रहरीले हेटौँडाको बासुदेव मार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट सुनको सिक्री र ब्रासलेट गरी ४ तोला सुनको गहना लुटी भागेको आरोमा भीमफेदी गाउँपालिका ८ का १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको हो।

गहना लुटी ना ४३ प ८२६४ नम्बरको मोटरसाइकल चढी भाग्न खोज्दा सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.