समाज

गढीमाई मेलामा आजदेखि पशुबली दिन थालियो

मंसिर १७, २०७६

    काठमाडौं :  बाराको प्रसिद्ध गढीमाई मेलामा आजदेखि बली दिन थालिएको छ। महागढीमाई १ बरियारपुरमा गत मंसिर १ गते सुरु भएको मेलामा आज बिहानदेखि बली दिन शुरू गरिएको हो। 

    पशु अधिकारकर्मीको विरोधका बाबजुद सुरु भएको बली दिने काम भोलि साँझसम्म चल्नेछ। दुई दिनसम्म चल्ने बलीका लागि ठूलो संख्यामा राँगा, बोका तथा परेवा ल्याइएको छ। बली दिन भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आएको मेला व्यवस्थापन समितिले जनाएको छ। हरेक पाँचपाँच वर्षमा लाग्ने गढीमाई मेलामा ठूलो संख्यामा पशुबली दिइन्छ। सर्वोच्च अदालतले परमादेशमार्फत् पशुबली व्यवस्थापन गर्न भने पनि सरकारले कुनै पहल गर्न सकेको छैन्। 

    भारतको सर्वोच्च अदालतले पनि त्यहाँका नागरिकलाई गढीमाई मन्दिरमा पशुबली नदिन आदेश दिएको छ। आदेशअनुसार उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका प्रदेश सरकारले पशुबली नदिन आफ्ना नगारिकलाई सूचित गर्दै आए पनि नागरिकहरु रोकिएका छैनन्। गढीमाई मेला यो महिनाभर चल्नेछ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]