|

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका ३ आइविआरडी बजारमा रहेको स्वदेशी लघुवित्तिय संस्था लिमिटेडको कार्याल अगाडि गएराती विष्फोटक पदार्थ पडकाइएको छ।  विष्फोटक पदार्थ पडकाईए पनि वित्तिय संस्थामा भने कुनै किसिमको क्षति नभएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिलबहादुर सिंहले बताए ।

 उनका अनुसार घटना स्थलबाट १५ मिटर तार, तीन थान सानो ब्याट्री र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह निकटको थारूवान जनपरिषद् समिति कञ्चनपुरको पर्चा बरामद गरिएको छ। बिष्फोटक पदार्थ पडकाउनेहरुको खोजी भैरहेको उनले बताए । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.