|

काठमाडौं : आइतवार देखि नेपालमा तेह्रौँ दक्षिण एशियाली खेलकुद 'साग गेम' भब्यरुपमा सुरु भएको छ। उद्घाटन मात्रै भव्य भएन, नेपाल खेलमा पनि पहिलो स्थानमा छ। तर खेल उद्घाटनकै दिन रातिदेखि सामाजिक संजालमा भाइरल भैरहेको रंगशालाका कुर्सीमै चढेर उफ्रँदै गरेका युवा र भाँचिएका कुर्सीको फोटो र भिडीयोले हाम्रो समाजको आचरण चित्रण गरिहेको थियो। त्यस विषयमा बहस छ सामाजिक सञ्‍जालमा।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि सरकारले काठमाडौंको तीनकुनेमा सजावटका लागि रोपेको दुबोका चपरी राष्ट्रपति सी चीन फर्के लगत्तै चोरी भयो। विदेशी भीभीआइपी पाहुना आउँदा सरकारले कृत्रिम विकास देखाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेकै थियो।

जब चिनियाँ राष्ट्रपति सी स्वदेश फर्के सडक श्रृङ्गारमा राखिएका सामग्री र तीनकुनेमा छापिएका दुबोका चपरीसमेत चोरिए। विकास भएन, प्रगति भएन, सरकारको यहाँ ढङ्ग पुगेन, त्यहाँ कमजोरी भयो भनेर रौंचिरा विरोध जनाइरहेको समाज भित्रैबाट चपरी चोर निस्किए। तिनै चोरबाट सुरक्षाको लागि अहिले पनि सुरक्षाकर्मी खटाइएको छ।

बाआमालाई वृद्धाश्रममा राख्ने छोरा बुहारी। लाइनमा नबसेरक्रस गर्ने सवारी चालक। घरबाट निस्किएको फोहर घर माथिबाट बाटोमा या खोलामा लगेर फ्याक्ने फोहोरी मानसिकताका मान्छे। घरमा पालेको कुकुरलाई फुटपाथमा लगेर हगाउने घरधनी। आफू र आफ्ना कार्यकर्ताको अपराध छल्न अनेक गर्ने नेता। कर छलेर अकुत कमाउने ब्यापारी। गरिबका लागि आएको रकम मिलेर खाने कर्मचारी। कर तिर्नै हुँदैन जसरी उक्साउने मिडिया। सरकारी जग्गा मिचेर आफ्नो नाममा बनाउन घुस लिनेदिने। सरकारी कार्यलयमा लाइनमा नबसी कर्मचारीलाई पैसा दिएर छिटो काम पट्याउने ठालुहरु नै हुन्।

सडक किनारमा रोपेका विरुवा फाँड्ने र फ्लेक्सबोर्ड च्यात्ने ‘नायक’ निस्किए र ‘लाज छोप्न’ सडक सिंगार्ने सरकारको विरुद्ध तिनीहरुले गरेको यस्तो हर्कतलाई समर्थन गर्ने फेसबुक ट्वीटर ह्याण्डल, अनलाइन न्युजपोर्टल पनि देखिए। हो कुर्सी कमजोर, अनि दुबो क्षणभरको लागि मात्र होकी भनेर हेरिनु ठीकै छ।तर अध्ययन र आलोचनात्मक चेत भन्दा तोडफोड,गाली जस्ता तुच्छ मानसिकताले भरिएको जमातले समाज कहाँ पुग्ला सोचनीय विषय छैन र?

यसले के देखाउँछ भने हामी आफु जस्ताको तस्तै रहेर अरु सप्रिएको हेर्न चाहन्छौं। हरेक दूरावस्थाको अन्त्य सरकारबाटै चाहन्छौं। यस्ता प्रवृत्तिले हाम्रो समाजमा भौतिक विकास भन्दा अगाडि हाम्रो चिन्तन नै विकास गर्नुपर्ने आवश्यकता बोध हुन्छ। आफू जस्ताको तस्तै रहेर समाज बदलिनु पर्ने चर्को नारा बोक्ने पात्र चिया पसल, सामाजिक सञ्जाल जताततै सुनिन्छन्। उनीहरुलाई सुन्दा उनीहरु भन्दा इमान्दार संसारमै कोही छैनन् जस्तो लाग्छ तर ब्यवहार परनिन्दक र भक्षकझैँ।

हाम्रो मानसिकता

दिनभरसँगै कामबाट आएर साँझमा किन खाना ढिलो पकाइस् भन्दै श्रीमति लाई हप्काइदप्काइ गर्ने लोग्ने। बलिष्ठ भएर वृद्ध र महिलाको सिटमा बस्ने युवा। अंश कम पाइयो भनेर बाआमालाई वृद्धाश्रममा राख्ने छोरा बुहारी। लाइनमा नबसेर उछिनपाछिन गर्ने सवारी चालक। घरबाट निस्किएको फोहोर घर माथिबाट बाटोमा या खोलामा लगेर फ्याक्ने फोहोरी मानसिकताका मान्छे। घरमा पालेको कुकुरलाई फुटपाथमा लगेर हगाउने घरधनी।आफू र आफ्ना कार्यकर्ताको अपराध छल्न अनेक गर्ने नेता। कर छलेर अकुत कमाउने ब्यापारी। गरिबका लागि आएको रकम मिलेर खाने कर्मचारी। कर तिर्नै हुँदैन जसरी उक्साउने मिडिया। सरकारी जग्गा मिचेर आफ्नो नाममा बनाउन घुस लिनेदिने। सरकारी कार्यालयमा लाइनमा नबसी कर्मचारीलाई पैसा दिएर छिटो काम पट्याउने ठालुहरु नै हुन्। देश बनेन भनेर सार्वजनिक ठाउँमा छुद्र लेख्ने र बोल्ने। भ्रष्ट मानसिकता हामीमा छ अरुलाई दोष लगाएर बन्दैन देश। पहिला आफू बन्नु पर्छ अनि मात्र देश बन्छ।

हो, राजनीतिक अस्थिरताका कारण लामो समय हाम्रो भौतिक विकास ठप्प थियो। भएका संरचना पनि माओवादी आन्दोलनले र प्राकृतिक प्रकोपले भत्किएर कति ठाउँ खण्डहर नै बने। लामो समयसम्म केही काम हुन नसक्दा र राजनीतिक माथापच्चीमै समय कटेको देख्दा हामीलाई नकारात्मकतामै बानी पर्यो। केही काम हुने वातावरण र सकारात्मक थालनी हुँदा पनि हाम्रो त्यही मानसिकता प्रकट भइरहेको छ। यस्तो प्रबृत्ति बढ्दै जाँदा हामी यति नकारात्मक भैसक्छौँ  कि पछि विकासमा हामीले फड्को मार्दासम्म त्यसलाई स्वीकार गर्न तयार हुँदैनौँ ।

भ्रष्टाचार हट्न पहिला हरेक नागरिकमा रहेको भ्रष्ट मानसिकता हट्नु पर्छ। आफूले लुट्न नपाएर गरिएको लूटको विरोध भ्रष्टाचारको विरोध हुँदै होइन। त्यो त आफूले भ्रष्टाचार गर्न पाउनु पर्ने माग हो।

भ्रष्ट आचार हुनु भ्रष्टाचार हो। कसैलाई गलत नजरले हेर्नु पनि हो भने अरुको सिटमा बस्नु पनि हो । अरुको लागि तय भएको चिज आफ्नो प्रयोगमा ल्याउनु पनि भ्रष्टाचार हो। यस्ता कुराबाट छुट्कारा पाउन र समानता आउन प्रत्येक एकजनामा समभाव जाग्न जरुरी छ। आज पैसाले जे पनि गर्न सकिन्छ भन्ने मानसिकता छ। चाहे त्यो घुस दिने बेला होस् या खाने बेला। किनकि भ्रष्टाचार भवन वा राज्य जस्तो अदृश्य संरचनाले गर्ने होइन। भ्रष्टाचार भ्रष्ट मानसिकताका भ्रष्ट आचारका कारण हुन्छ।

त्यो आचार पैसामा वा व्यक्तिगत लाभमा मात्र प्रगति देख्ने मानसिकताले विकास गर्छ। चाहे सरकारी निकायमा होस् वा नहोस् मान्छे एकसेएक भ्रष्ट बनिरहेका छन्, आचरणका कारण।

सुधार आफैंमा खोजौं, हल्लामा नहिंडौँ

भ्रष्ट आचार हुनु भ्रष्टाचार हो। कसैलाई गलत नजरले हेर्नु पनि हो भने अरुको सिटमा बस्नु पनि हो र अरुको लागि तय भएको चिज आफ्नो प्रयोगमा ल्याउनु पनि भ्रष्टाचार हो। यस्ता कुराबाट छुट्कारा पाउन र समानता आउन प्रत्येक एकजनामा समभाव जाग्न जरुरी छ।

लामो समय हामी विवेक प्रयोग गर्न होइन, नकारात्मकता जन्माउन अभ्यस्त रहदै आएका छौं । हामी कति पक्षपाती र नकारात्मक छौ भन्ने कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा फैलाएको हल्लाले अपराधी सुरक्षित भएको र काभ्रेमा सिरिन्ज हान्‍ने भन्दै एकजना युवालाई जमातले मार्न ठिक्क पारेको घटनाले देखाउँछ।

पहिलोः कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या सम्बन्धी मुद्दाको सत्यता के रहेछ भनेर पछिल्लो समय निस्किएका पात्रहरुले स्पष्ट गर्दैछन्। गलत सूचनाको साम्राज्यमा दोषी लुकाउने र नभेटिने अभियुक्त खोजी गर्न अराजकता मच्चाइरहने अवस्था बन्दो रहेछ भन्ने कुरा अहिले यो प्रकरणले सावित गरेको छ।

हामी त्यस घटनाको सत्य तथ्य बाहिर आउन नपाउँदै अनुसन्धानका लागि पक्रिएकालाई निर्दाेष सावित गर्न र नभेटिने ठाउँमा दोषी खोज्न तल्लीन रह्यौं। भीडले सत्य छोप्ने अवस्था बन्यो। भीड र मिडियाले नै फैसला सुनाएर अन्यौल उत्पन्न गर्ने स्थिति बन्यो। सत्य कुरा आउन समय लाग्यो र त्यो वीचमा धेरैले दुःख पाए। यसरी जे कुरामा पनि भीडले थिचेपछि सत्य छोपिने र गलत फैलिने अवस्था बन्छ।

हिजो हुलको पछि लागेर अपराधी उम्केछ भनेर निर्मलाकी आमाले अहिले आएर दिलिपसिंह विष्टमाथि नै किटानी जाहेरी दिएकीछन्। यसबाट के प्रष्ट हुन्छ भने हामी अध्ययन त गर्दैनौं गर्दैनौँ, घटनाको अध्ययनको रिपोर्ट आउन्जेल पर्खन पनि धैर्य गर्दैनौं। जसले त्यो बीचमा अरु धेरै घटना घटिसकेको हुन्छ। घटना गलत मोडतिर पुग्छ।

दोस्रोः स्याङ्जाका एक निर्दोष युवालाई बनेपामा कुटपिट गर्यो । महिलालाई गाडीमा सिरिञ्ज हानेको अभियोग भीडले लगायो। उनी त्यसको शिकार बने। भीडको विशेषता नै सत्य खोज्ने प्रकृतिको हुँदैन, त्यससँग शक्ति हुन्छ तर, विवेक हुँदैन।विवेकसुन्य भीडले सिरिन्ज हान्ने बनाएर ती युवालाई लखेट्यो।

सत्य के थियो, त्यो नखोजी भीड उनलाई मार्न तयार थियो। थोरै समयको अनुसन्धानले उनी निर्दोष सावित भए। यसरी स्याल हुईंयामा लाग्ने हाम्रो नकारात्मकता भरिएको मानसिक अवस्थाले हामीलाई भौतिक हैन मानसिक विकास चाहिँ पहिलो कुरा हो भनेर कम्तिमा हाम्रो समाजले सोच्न पर्ने ठाउँमा पुर्याएको छ।

भौतिक विकासले पचास पूर्णाङ्क पाए मान्छेमा आउने समभावको विकासले बाँकी पचास पूर्णाङ्क पाउँछ। माक्र्सको सिद्धान्तले पनि यही भन्छ कि जति धेरै देशमा बजारीकरण बढ्यो उत्ति गरीब र धनीबीच झनै ठूलो खाडल पैदा हुन्छ। र समाजमा झनै धेरै हिंसामा हुन्छ।

हामी भौतिक विकासका कुरा भए विकास पूरा हुन्छ र देश बन्छ भन्ने सोच्दैछौं। चिल्ला बाटा, अग्ला भवन, अनि तिनै सजिएका महलमा लाग्ने सदाबहार बजार विकास हो भन्ने ठान्दैछौँ हामी। यहि नभएर हामीले दुःख पायौं भन्ने सोचिरहेका छौं। तर हामीले सोचेकै छैनौं कि विकासको सबैभन्दा महत्वपूर्ण पाटो भनेको मान्छेमा आउने विवेक हो, युगको विकासलाई तुलनात्मक अध्ययन गर्ने पद्दति हो। सकारात्मक सोचाइ हो, प्रेम हो, सद्भाव र एक अर्काको सम्मान हो। यदि हामीमा समदृष्टि आउन सकेन भने भएका तिनै भवनहरु खुशी लुट्ने ठाउँ बन्छन्।

इतिहास र जिम्मेवारी

भौतिक विकासले पचास पूर्णाङ्क पाए मान्छेमा आउने समभावको विकासले बाँकी पचास पूर्णाङ्क पाउँछ। मार्क्सको सिद्धान्तले पनि यही भन्छ कि जति धेरै देशमा बजारिकरण बढ्यो उत्ति गरीब र धनीबीच झनै ठूलो खाडल पैदा हुन्छ। र समाजमा झनै धेरै हिंसामा हुन्छ।

मान्छेमा समदृष्टि आएन भने, सभ्यता भएन भने ती चिल्ला बाटा, झरिझुट्ट बजार र गगनचुम्बी भवनमा पनि मान्छे एउटा अर्कोलाई दबाउन पाइनँ भनेर र अर्को दबिनुपर्यो भनेर दुःखी भैरहनेछ। विकासको कुनै अर्थ रहनेछैन। तर मान्छेमा आउने समभावले ती भवन,बाटा र बजार भन्दा धेरै खुसीसँग बाँच्ने बनाउँनेछ। यो कुरा नभुलौं कि पृथ्वीमा सबैको बराबरी भाग छ भनेर स्वीकार्य अवस्था मात्र विकासको चरम सूचक हो।

संजालहरुमा हेर्न पाइन्छ,देशले हामीलाई के दियो भनेर टिप्पणी गरेको भेटिन्छ। त्यो पनि युवाहरुको मुखबाट। युवा त्यो हो जसले राष्ट्रलाई दिन्छ। बच्चाले दिन सिक्दैछ र बूढाले दिन सक्दैन। देशसँग माग्ने होइन, देशलाई दिने देशप्रेमी हो। देशलाई दिए फिर्ता दिने हो देशले नभए लिएर मात्र देशसँग दिने केही बाँकी रहन्न। यो कुरा कहिले बुझ्ने हामीले?

भवनकै मात्र कुरा गर्ने हो भने पनि हिजोका शासकले निकै कष्टले तयार गरेका छन्। ठूला भवन र मन्दिरहरु कसरी बने? एकैछिन् हेरौँ नत।

न्यातपोल बनाउँदा जनताको घरमा भएको तामा, फलाम,पित्तल ल्याउन उर्दी गरिएको थियो। त्यतिमात्र हैन छिमेकी राज्यकाले पनि उक्त मन्दिर निर्माणमा सहयोग गरेका थिए। सो न्यातपोल बनाउँदा भक्तपुरका राज्यमा २७ वटा गाउँ टोल र जम्मा ३८७७ जनसंख्या थियो। तर हरेक घरका मान्छेलाई सो मन्दिर निर्माणमा काममा साथ दिन अनिर्वाय थियो। 

कलाले भरिपूर्ण अधिकांश अग्ला र ठूला मन्दिरहरु लिच्छवी र मल्ल कालमा बनेका छन्। भक्तपुरको पाँचतले मन्दिर मल्लकालमै बनेको हो। न्यातपोल राजा भुपतिन्द्र मल्लले १७५८ कार्तिक मा सुरु गरेर १९५९ जेठ सम्म लगाएर निर्माण सम्पन्न गरे। न्यातपोल बनाउँदा जनताको घरमा भएको तामा, फलाम,पित्तल ल्याउन उर्दी गरिएको थियो। त्यतिमात्र हैन छिमेकी राज्यकाले पनि उक्त मन्दिर निर्माणमा सहयोग गरेका थिए। सो न्यातपोल बनाउँदा भक्तपुरका राज्यमा २७ वटा गाउँ टोल र जम्मा ३८७७ जनसंख्या थियो। तर हरेक घरका मान्छेलाई सो मन्दिर निर्माणमा काममा साथ दिन अनिर्वाय थियो। 

जसको निर्माण सम्पन्न भएको उत्सवमा सो मन्दिर निर्माणमा सहयोग गर्नेहरु ६९८ जनालाई बोलाएर खुवाएको भनेर नामसमेत उल्लेख छ। त्यसमध्ये थोरैलाई मात्र एकदमै कम ज्यालामा काम लगाइएको थियो भनि प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित, पाँचतले मन्दिरः न्यातपोल देवलको अभिलेख ग्रन्थको अनुसन्धानात्मक विश्लेषणात्मक अध्ययनमा उल्लेख छ। (सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा, २०६१ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान,१०-११ पृ.)

राजा भुपतिन्द्र मल्लले भक्तपुरकै पच्पन्नझ्याले दरवार पनि त्यसै गरि जनताको पूर्ण सहभगितामा बनाएका थिए भनेर दरवार परिसरमै भएका शिलालेखमा उल्लेख छ।

त्यसमध्ये हनुमानढोका दरवारस्क्वायर भित्रको तलेजुको मन्दिर प्रताप मल्ले वि. सं. १६१७ मा निर्माण गरेका थिए। मन्दिरका तलामा लगाइएका ढुङ्गाका खुट्कीला, मन्दिर अघि, दुईदेखि पाँच मिटर चौडाई अठार २० फुट अग्ला ढुङ्गमा प्रताप मल्ल र उनकी रानीहरुको मुर्ती सहितको शिलालेख छ।

त्यही शिलालेख अनुसार झण्डै डेढ वर्ष लगाएर बनाइएको थियो सो मन्दिर। जसमा प्रयोग गरिएका निर्माण सामग्री ढुङ्गाहरु भक्तपूर र काभ्रेबाट जनश्रमदानमार्फत् ल्याइएको थियो र निर्माणको समय त्यो निर्माणमा हरेक घरको एकजना काम नसकिउन्जेल काममा आउन उर्दि थियो। हरेक दिन आए नआएको रेकर्ड राखिन्थ्यो। त्यही समय काज किरिया गरेर आउँन नभ्याएकाहरुलाई पछि अन्य सरकारकै काममा लगाइन्थ्यो भन्ने कुरा पनि उल्लेख छ।

अर्को हामीले देख्ने सिंहदरबार वि सं १९५८ मा एक करोड खर्च गरेर झण्डै तीन बर्ष लगाएर आफै बस्ने दरबार बनाएका थिए चन्द्र शम्शेरले। सो निर्माण गर्दा मान्छे धेरै उपस्थित होउन् भनेर राणाले अत्यन्त निम्न ज्याला पनि दिएका थिए भनेर शिलालेखमा लेखिएको छ। चन्द्र शम्शेरले आफै बस्न बनाएको भएपनि पछि उनले सरकारलाई बेचेका थिए।

सरकारले बोलाएको ठाउँमा गएर सित्तैमा काम गर्नुलाई झारा भन्ने गरिन्थ्यो। जनतालाई काममा आउन अवहान भने गाउँ गाउँमा तोकिएका या खटिएको उमराव अर्थात कट्वालले गर्दर्थे। उनले जनतालाई काममा ल्याउन नसके र गर्न नगए दुबैलाई देश निकालाको सजाय गरिन्थ्यो।

मल्लकालमा कुलो, बाटो, पुल, र मन्दिरहरु बनाउन पनि घरै पिच्छेबाट मान्छे जानु पर्दथ्यो। नगए तिन दामसम्म दण्ड तिर्नु पर्दथ्यो भन्ने कुरा १६८३ मा जितामित्र मल्लले लेखाएको शिलालेखमा उल्लेख छ भन्नु हुन्छ इतिहासविद् डा महेशराज पन्त।

त्यति मात्र हैन त्यो बेला राजाको घरमा कार्जे पर्दा, विवाह बर्तमन हुँदा पनि जनताले आफ्ना जिन्सी सामान सरकारलाई दिनु पर्दथ्यो। भुपतिन्द्र मल्लले आफ्ना युवराजको विवाहको निम्ती बनेपा, ठिमी, श्रीखण्डपुर र नालाबाट११८२ मोहर घर कर, ६७ मोहर किल्ला कर र ३१०१ मोहर जग्गा कर उठाएका थिए। रणजित मल्लले आफ्नो विवाहको समयमाप्रतिव्यक्ति एक देखि ३० मोहरसम्म उठाएका थिए।

यसरी राज्यलाई चाहिएको खण्डमा अनिवार्य त्यस राज्यमा पर्ने जनता अनिवार्य उपस्थित हुन पर्दथ्यो। युद्ध हुँदा, तथा कुनै पनि निमार्णमा जनताको पुर्ण सहभागि हुन्थ्यो। सरकारको काम परेको बेला घर घरबाट तोकिए बमोजिम सित्तैमा काम गर्न जानु पर्दथ्यो।

सरकारले बोलाएको ठाउँमा गएर सित्तैमा काम गर्नुलाई झारा भन्ने गरिन्थ्यो। जनतालाई काममा आउन अवहान भने गाउँगाउँमा तोकिएका या खटिएको उमराव अर्थात कट्वालले गर्दर्थे। उनले जनतालाई काममा ल्याउन नसके र गर्न नगए दुबैलाई देश निकालाको सजाय गरिन्थ्यो।

भक्तपुरको तलेजु चोकको दक्षिण द्धारको तोरण बनाइ राख्न जितामित्र मल्लले बनेपा र पनौतीबाट ७१ धार्नी एक कु र एक अस्त तामा संकन गर्न लगाएका थिए। यसरी मन्दिर, पुल, भवन या अन्य राज्यका काममा जनताको झारा(सित्तैमा काम) लिने गरिन्थ्यो। अनि त्यो सर्वजनिक रुपमा सबैको स्विकार्य पनि हुन्थ्यो। ( प्रा. डा. श्रीराम प्रसाद उपाध्याय,नेपालको प्रचिन र मध्यकालिन इतिहास,२५९ पेज रत्न पुस्तक भण्डार,२०७४)

हामी भने भिटेनको गीतमा प्रतिबन्ध लगाउने कुराको विरोध गरेर समाजलाई छाडा बनाउन उकासिरहेका छौ। नैतिकताको दायरा त के सरकारका सहि काममा मौखिक साथ दिन पनि हिचकिचाउँछौं हामी। अनि भन्छौ हामीलाई त्यहाँको जस्तो सुविधा चाहियो। हिजोको जस्तै भवन चाहियो। अहिले हिजोको सरकारले गरे जस्तै सरकारलाई आयोजना सकिन्जेलसम्म निशुल्क काम गर्दिन तयार छौँ हामी?

भौतिक विकासको के कुरा समाजलाई नैतिक दायरामा ल्याउन पनि राज्यको माथिल्लो निकायबाट काम हुन्थे। बाहुनले मासु खान हुँदैँन, तल्लो जातको या आफ्नो खानदान बाहेककोसँग विवाह गर्न नहुने सामाजिक मान्यता थियो। यदि त्यस्तो भएमा चारपाटा मुडेर देश निकाला गरिन्थ्यो भनि त्यस वखतको नेपालमा भिमबहादुर पाडेँले धेरै ठाउँमा उल्लेख गरेका छन्। (सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालका विभिन्नसमयमा प्रकाशनमा आएका फरक फरक भाग)

अधिकारका कुरा र विकासको चाहना

हामी भने भिटेनको गीतमा प्रतिबन्ध लगाउने कुराको विरोध गरेर समाजलाई छाडा बनाउन उकासिरहेका छौ। नैतिकताको दायरा त के सरकारका सहि काममा मौखिक साथ दिन पनि हिचकिचाउँछौं हामी। अनि भन्छौ हामीलाई त्यहाँको जस्तो सुविधा चाहियो। हिजोको जस्तै भवन चाहियो। अहिले हिजोको सरकारले गरे जस्तै सरकारलाई आयोजना सकिन्जेलसम्म निशुल्क काम गर्दिन तयार छौँ हामी? काम नगरे बापत देश निकाला हुन या त्यति नै बरावरको हर्जना तिर्न तयार छौं?

कल्पना पनि गर्न सकिन्न होइन त? उल्टो आफुले कमाएको पैसाको केही प्रतिशत कर तिर्न पनि अनेक गरेर कर छल्छौ। अनि भन्छौं सरकार काम किन नगरेको? काम सरकारले मात्र गर्ने होइन तपाईं हाम्रो भएको काममा सम्लग्नता छैन भने किन भनेर प्रश्न सोध्ने अधिकार पनि छैन। तपाईं हामीले चाहे जस्ता भवन, बाटो, पुल बन्न हामी जनताको साथले बन्ने हो सरकारले आफै बनायो भने त्यसमा हाम्रो अधिकार कम हुनेछ भन्ने कुरा अब बुझ्नु पर्छ हामीले।

सरकारको मुख ताकेर मात्र हुँदैन देश बनेन भनेर मात्र पुग्दैन देश बनाउँन पहिला हामी बन्न जरुरी छ। धेरै बर्ष पछि हाम्रा काम देशमा केहि गर्न सरकार हामी सामु आएको छ। काम अघि बढेका छन्। कति बर्ष अघि तयार गरेको हर्जना र करमा सुदृढ गरेर सरकार अघि बढ्दा सरकारले करनै लिनु हुन्थेन झै गरेर श्रृखलाबद्द लेख आउँछन्। जनतालाई निचोरेर लिएको छ,कर नतिर भन्ने आशयका कार्टुन आउँछन्। अनि कर तिर्दैनौ भन्ने आन्दोलन। सरकारलाई एकरति सहयोग गर्दैनौ भन्ने हामीलाई सरकारले काम गरेन भन्ने अधिकार कहाँबाट प्राप्त भो?

भुकम्पले ठूलो मात्रामा ध्वस्त बनाएका व्यक्तिगत आवास तथा राज्यका सम्पदाहरु अहिले धमाधम निर्माण भइरहेका छन्। तर, हाम्रो सबैभन्दा धेरै फूर्सदिलो सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडिया तिनीहरुको खोट औंल्याउने भन्दा अरु कुनै उपयुक्त भूमिकामा देखा पर्दैन। यो दुःखद पक्ष हो।

सरकारले होइन जनताले आफ्नै सहभागितामा बनाएका कुरा नै दिगो, सर्बमान्य र संरक्षित हुन्छन्। त्यसैले देश हामी आफैले बनाउने हो। हिजो भत्किएका चौतारी उठाएर। हिजो भत्किएका आत्मीयता र सम्मानलाई पुनःजागरुक गर्दै ठूलाको सम्मान, सानाको आदर र समदृष्टिको भावना भरिएको हाम्रो सस्कारलाई फेरि उठाउँ। देश तपाईं हामी एक एक व्यक्ति मिलेर समाज र समाज समाज मिलेर बन्छ।

तिनै व्यक्तिमा हुने विवेक र त्यही विवेकपूर्ण लगावले बन्ने हो देश। त्यसैले देश बन्न पहिला आफू बन्नु पर्छ। भुकम्पले ठूलो मात्रामा ध्वस्त बनाएका व्यक्तिगत आवास तथा राज्यका सम्पदाहरु अहिले धमाधम निर्माण भइरहेका छन्। तर, हाम्रो सबैभन्दा धेरै फूर्सदिलो सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडिया तिनीहरुको खोट औंल्याउने भन्दा अरु कुनै उपयुक्त भूमिकामा देखा पर्दैन। यो दुःखद पक्ष हो।

देश जनताले बनाउने हो सरकारले त नीति बनाएर दिन्छ बाटो देखाउँछ, योजना बनाउँछ तर यिनैलाई टेकेर देश बनाउने तत्पर हुनु पर्ने जनताले हो।

हाम्रै पुस्तामा हामीले चाहने समृद्धि हरेक एक जनाको प्रयासबाट मात्र सम्भव छ, चाहे त्यो भौतिक होस् या मानसिक विकास। त्यसैले हाम्रै पालामा देख्न चाहेको समृद्धिको करोडौं पाइला टेक्नलाई टेक्न चाहिने एउटा इँटा आफू पनि बनौ, देश बनाउने अभियानमा सहभागी बनौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.