काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेपछि नेपाली चेलीहरु भावुक भएका छन्। सागमा नेपाली महिला भलिबल टिमका लागि रजत पदक नै ऐतिहासिक हो।
तर बलियो प्रतिद्वन्द्वी भारतलाई दह्रो टक्कर दिएर पनि अन्तिम चौथो र पाँचौ सेट गुमाउन पुग्दा नेपाली चेलीको टोली रजतमा सीमित भयो।
स्वर्ण गुमाएपछि भावुक भएका चेलीहरुलाई भलिबल कोर्टमा उपस्थित दर्शक र विशिष्ठ अतिथिहरुले सम्झाएका थिए। त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाली चेलीहरुको टोली ३-२ को सेटमा भारतसँग पराजित भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।