|

जनकपुरधाम : धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्।

जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले हेर्ने गरेको बताए। उनले बजारमा घरभाडासमेत घरभेटीहरूले नदिने गरेको दुःखेसो पोखेका छन्।

अपाङ समाज जनकपुरको अध्यक्षसमेत रहेका उनले अपांगता भएकाहरूले सम्मानजक बाँच्ने अधिकार अझै पाउन नसेको पनि बताए। उनले सरकारको रबैया ठीक नै नभएको बताए। उनले सरकारको सोच अपाङमैत्री हुनुपर्ने बताए।

उनले भने, ‘घरपरिवार चलाउन मुस्किल परेको छ। हामी जस्ता अपाङहरूलाई राज्यले कम्तिमा रोजगार दिनुपर्छ। राज्यको हरेक निकायमा विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ।’

उनले अपाङहरूलाई दिने गरेको भत्ता वृद्धि गर्न सरकारसँग मागसमेत गरे। अपाङहरूलाई विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने नीति बनाएपछि मात्र समाजले हेर्ने दृष्टि परिवर्तन हुने उनको बुझाइ छ।

यस्तै अर्का फरक क्षमताका जगदिस कुमार साहले विगत सात महिनादेखि भत्ता नपाएको पीडा सुनाए। उनले भने, ‘एक त थोरै रुपैयाँ दिन्छ। त्यो पनि समयमा पाइरहेका छैनौँ। भत्ता नगरपालिकाले किन नदिएको कुरा त नेता र नगरप्रमुखलाई थाहा होला।'

जनकपुरधाम उपमहानगरपालिका १२ कुवाकी फरक क्षमताकी महिला राजकुमारी खत्बेले पनि सरकारमाथि आक्रोसित पोखिन्। उनले मात्र ६ सय रुपैयाँ भत्ता दिने गरेको भन्दै भत्ता बढाउनुपर्ने माग गरिन्। उनले भनिन्, ‘समाजको सोच अझै परिवर्तन हुन सकेका छैन। खुट्टाका कारण केही गर्न पाइदिनँ। अनी सबैले अपमान गर्छन्।’

शत्रुधन, जगदिस र राजकुमारीजस्तै पीडा अन्य फरक क्षमताका मानिसहरू रहेको छ। नेताले चुनावका बेला ठूलोठूलो सपना देखाए पनि सत्तामा पुगेपछि बिर्सिने गरेकोसमेत उनीहरूको गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.