कराँते, तेक्‍वान्दो र उसुबाट सफलता

|
तस्बिर : सन्देश बिडारी/थाहाखबर

काठमाडौं : आयोजक राष्ट्र नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार १५ वटा स्वर्ण पदक जित्यो। १५ स्वर्ण, तीन रजत र ६ कास्य जितेको नेपालले मंगलबार पनि सफलतासहित सुरुवात गरेको छ। 

मंगलबार भएका स्पर्धामा नेपालले उसुतर्फ दुई स्वर्ण जितेको छ। त्यसैगरि दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण पदक जिते। मंगलबार नै कराँतेतर्फ नेपालका नवीन रसाइलीले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जित्न सफल भएका छन्। नेपालले हालसम्म कराँतेतर्फ आठवटा, तेक्‍वान्दोमा सातवटा, उसुमा दुईवटा, दुवाथोल र ट्रायथोलनतर्फ एक-एकवटा स्वर्ण पदक जित्न सफल भएको हो।

कराँतेमा ९ वटा स्वर्ण

नेपालले सोमबार र मंगलबार दुई दिनमा कराँतेबाट ९ वटा स्वर्ण पदक जितेको छ। सोमबार ७ वटा स्वर्ण जितेको नेपालले मंगलबार दुई स्वर्ण थपेको हो। नेपाललाई सागमा पहिलो स्वर्ण पदक कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले सोमबार जिताए। 

मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई कराँतेतर्फ १३औं सागको पहिलो स्वर्णपदक जिताए। यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते।

नेपालका लागि मन्डेकाजीले व्यक्तिगत स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्। उनले कराँतेको एकल कातातर्फ पहिलो तथा पुरुष टिम कातामा महसुस तामाङ र प्रविण महर्जनसँगै अर्को स्वर्ण पदक जितेका हुन्। 

कराँतेतर्फ नेपालले सातवटा स्वर्ण पदक जितेको छ। कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराँते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो। 

फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्णपदक चुमेको हो। नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो।

नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो। 

नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्।  

लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए। 

विप्लवलाललाई स्वर्ण

कराँतमै विप्लवलाल श्रेष्ठले स्वर्ण पदक  कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।  सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। 

स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए। विप्लवलालसँगको भिडन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन्।  

विप्लवलालसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई पराजित गरेका थिए। योसँगै नेपालले कराँतेबाट पाँचवटा स्वर्ण पदक जितेको छ। 

दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ नेपाललाई अनु अधिकारीले सातौँ स्वर्ण पदक जिताइन्। नेपालका लागि अनुले कराँतेतर्फ सातौँ स्वर्ण पदक जिताउन सफल भएकी हुन्। 

त्यसैगरि कराँतेकै ४५ केजीतर्फ नेपालकी कुसुम खड्काले छैटौँ स्वर्ण पदक जितेकी छन्। ४५ केजी महिला कराँतेमा कुसुमले बंगलादेशकी खेलाडी मौनजिरा बोर्नालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। 

कुसुमले फाइनल यात्रका क्रममा श्रीलंकाकी सेनाराथ अराच्चिगेलाई सेमिफाइनलमा पाखा लगाएकी थिइन्। अर्को सेमिफाइनलमा पाकिस्तानकी एन्वेर एकुरालाई हराउँदै  बंगलादेशकी मौनजिरा बोर्ना फाइनलमा पुगेकी थिइन्। 

कराँतेतर्फ आठौं स्वर्ण

कराँतेको कुमुतेमा नेपालले मंगलबार भएको स्पर्धामा आठौं स्वर्ण पदक जितेको छ। ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।

साग खेलकुदको तेस्रो दिन मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८-६ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन्।

कराँतेमा नवौँ स्वर्ण

कराँतेतर्फ नेपालले नवौं स्वर्ण पदक जित्न सफल भएको छ। ६८ केजी महिला कराँतेतर्फ नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन्। 

उनले मंगलबार भएको खेलमा पाकिस्तानकी कुलसुमलाई ८/२को सेटमा  हराएकी हुन्। सेमिफाइनल खेलमा नेपालकी सुनिता र बंगलादेशकी मरियम खातुनको खेलमा महर्जनले १०/२ को सेटमा जितेकी थिइन्। 

यस्तै अर्को सेमिफाइनल खेलमा श्रीलंकाकी अराच्चिज एस र पाकिस्तानकी कुलसुमबीचचको खेलमा १२/२ को सेटमा पाकिस्तानले जितेको थियो। स्वर्णको लागि भएको भिडन्तमा सुनिताले बाजी मारेकी हुन्। 

गंगारामलाई रजत 

कराँतेको ७५ केजी तौल समूहमा नेपालका गंगाराम कुशवाले मंगलबार रजत पदक जितेका छन्। सातदोबाटोमा भएको फाइनलमा गंगाराम एसियन च्याम्पियन सादी अम्बाससँग नकआउट भए। ८-० को अंकमा पराजित हुदै गंगारामले रजतमै चिक्त बुझाएका हुन्।

यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७-१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तानका सादी अम्बासले श्रीलंकाका बन्दरिगोडेजलाई ६-१ ले पराजित गर्दै फाइनलमाम प्रवेश गरेका थिए।

दिवस र अनुलाई रजत 

यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले सोमबार रजत पदक जितेका थिए। उनी बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए ।

६१ केजी तौल समुहको कराँतेमा नेपालका लागि अनु गुरुङले रजत पदक जितेकी छन्। सातदोबाटोस्थित कराँते हलमा मंगलबार भएको खेलमा अनुलाई बंगलादेशकी हुमरा अख्तरले ६\२ को सेटमा हराएपछि रजतमा सीमित भइन्। 

१३ औं साग अन्तर्गत महिलातर्फबाट फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशबीच खेल भएको थियो। नेपाल र श्रीलंकाबीच सेमिफाइनल खेल भएको थियो। जसमा क्रमश : बंगलादेश र नेपाल ०/४, र ६/१ को सेटमा फाइनल प्रवेश गरेका थिए।

तेक्‍वान्दोमा ९ स्वर्ण

नेपालले तर्फ पनि पदक संख्या बढाउँदै लगेको छ। नेपालले मंगलबारसम्म तेक्‍वान्दोबाट ८ वटा स्वर्ण पदक जितेको छ। 

नेपालका लागि तेक्‍वान्दोतर्फ सिना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्‍न सफल भएकी हुन्। यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।

त्यसैगरी कमल श्रेष्ठले तेक्‍वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट स्वर्ण पदक जितेका छन्। तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्। 

आयशालाई दुई स्वर्ण 

नेपालकी भेट्रान तेक्‍वान्दो खेलाडी आयशा शाक्यले दुईवटा स्वर्ण पकद जितेकी छन्। उनले पुम्से २९ वर्षमाथिको समूहमा पहिलो स्वर्ण पदक जितेकी छन्। त्यसपछि आयशाले तेक्‍वान्दोको पुम्से जोडीतर्फबाट सञ्जीवकुमार ओझासँग मिलेर अर्को स्वर्ण जितिन्। 

नेपालका लागि पार्वती गुरुङले तेक्‍वान्दोमा स्वर्ण पदक जितेकी छन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् । 

यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्। 

टिम इभेन्टमा पनि स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि छैटौं स्वर्ण पदक महिलाले टिम इभेन्टबाट जितेका हुन्। 

नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट अर्को स्वर्ण पदक थपेका हुन्। नेपालका लागि २३ वर्षमाथिको उमेर समूहमा पनि स्वर्ण पदक हात लाग्यो। यो समूहमा निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राईले सातौँ स्वर्ण पदक जितेका हुन्। 

तेक्‍वान्दोमा आठौं स्वर्ण

साग अन्तर्गत नेपालले तेक्‍वान्दोतर्फ अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि काजोल श्रेष्ठले ४६ केजी तौल समूहको गेरुगीमा स्वर्ण पदक जितेकी हुन्। उनले ४६ केजी तौल समूहमा पाकिस्तानी खेलाडी सायद जादीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।

नवौं स्वर्ण

साग अन्तर्गत तेक्‍वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित तेक्‍वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१-३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२-२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

उसुमा दुई स्वर्ण

दोस्रो दिनकै खेलका क्रममा नेपालले उसुतर्फबाट दुई स्वर्ण थपेको छ। लगनखेलस्थित आर्मी कबर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जितेका हुन्।

पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे। विजयले ९.४८ अंक जोड्दै स्वर्ण जितेका हुन्। महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्। सुस्मिताले ९.४४ अंक जोडिन्। 

ट्रायथोलनबाट सोनीलाई स्वर्ण

साग अन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोलीले स्वर्ण जितेकी हुन्। 

यो स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीको पोल्टामा गयो। 

दुवाथालनमा हिमाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दोस्रो दिनको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन्। पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन्।

पोखरामा भएको प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलंकाका आशीष परेराले कास्य जिते। 

सन्तोषी श्रेष्ठलाई १० हजार मिटर दौडमा स्वर्ण 

सन्तोषी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का क्रममा नयाँ कीर्तिमान बनाएकी छन्। भारतीय धाविका कविता यादवलाई उछिन्दै पहिलो भएकी सन्तोषी यो इभेन्टमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भएकी छन्। 

निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी उनले एथ्लेटिक्समा नेपाली महिलाहरु अब्बल छन् भन्ने प्रमाणित गरेकी छन्। स्वर्ण जित्ने क्रममा उनले केबल एक मिलिसेकेन्डले कवितालाई उछिनिन्। यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन्। 

सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन्। सन्तोषीलाई लगातार पछ्याए पनि कविताले एक मिलिसेकेन्डले पछि पर्दै रजत जितेकी छन्। 

कविताले नेपालकी सन्तोषीलाई अन्तिममा उछिन्दै अग्रता बनाएकी थिइन्। तर एक मिलिसेकेन्डले स्वर्ण नेपालको पक्षमा आयो। कवितालाई एक मिलिसेकेन्डले उछिन्दै सन्तोषीले स्वर्ण पदक जितिन्।

भलिबलमा रजत

१३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेको छ। बलियो प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल रजतमै सीमित भएको हो।  त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले दोस्रो सेट बराबरी गरेको छ। 

कडा प्रतिस्पर्धाबीच पहिलो सेट नेपाली खेलाडीले निक्कै मेहेनत गरे।  पहिलो सेट गुमाएको नेपाल दोस्रो सेटदेखि खेलमा फर्किएको थियो। दोस्रो सेटको १२ औं अंकदेखि १७ अंकसम्म बनाउँदा बराबरीको स्थिति थियो । त्यसपछि उत्साहित नेपाली महिला टोलीले २१-१७ को अंकदुरी बनाएका थिए । २३-२२ को अंकदुरी हुँदा नेपालले केही सम्हालियो र दोस्रो सेट २५-२३ ले जित्यो ।  

पहिलो सेट भारतले २५-१८ ले जितेको थियो। नेपालले सुरुवाती प्वाइन्टसँगै अग्रता बनाए पनि तालमेल मिलाउन नसक्दा पहिलो सेट गुमाएको थियो। नेपालले तेस्रो सेट २५-२१ ले जितेको थियो। तर चौथो र पाँचौ सेट गुमाउँदै नेपाल रजतमै सीमित भयो। नेपालका लागि रजत पदक पनि ऐतिहासिक हो। नेपालले श्रीलंकालाई हराएर कम्तीमा रजतपदक पक्का गरिसकेको थियो।

नेपालले जितेका पदक

स्वर्ण पदक

१.कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ

२.कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराँते (टिम काता ,महिला)- निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराँते (५५ केजी)-लक्ष्मण तामाङ

५.कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

६.कराँते (४५ केजीमुनि)- कुसुम खड्का

७.कराँते (५० केजीमुनि) अनु अधिकारी

८.कराँते (६७ केजी) नवीन रसाइली

९.कराँते (६८ केजी)- सुनिता महर्जन

१०.तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष)-कमल श्रेष्ठ

११.तेक्‍वान्दो पुम्से ( १७-२३ वर्ष)- सिना मादेन लिम्बू

१२.तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष)-पार्वती गुरुङ

१३.तेक्‍वान्दो पुम्से (२९ वर्ष माथि)-आयशा शाक्य

१४.तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि) (आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५.पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६.पुम्से महिला टिम (२३-२९ वर्ष)-निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई

१७. तेक्‍वान्दो (४६ केजी मुनि)- काजल श्रेष्ठ

१८. तेक्‍वान्दो (६८ केजी मुनि)-वीरबहादुर महरा

१९.ट्रायथलन-सोनी गुरुङ

२०.डुवाथोलन-हिमाल टमाटा

२१. उसु (थाउलो)-विजय सिन्जाली

२२. उसु (थाउलो)-सुस्मिता तामाङ

२३.एथलेटिक्स (१० हजार मिटर)- सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराँते (एकल काता)-चन्चला दनुवार

२.तेक्‍वान्दो पुम्से (१७-२३ वर्ष)- कृष्णबहादुर तामाङ

३.कराँते (८४ केजी मूनि)- दिवस श्रेष्ठ

४.कराँते (६१ केजी)- अनु गुरुङ

५. कराँते (७५ केजी)- गंगाराम थारु

५.डुवाथोलन-लक्ष्मण मल्ल

६. डुवाथोलन-हुमी बुढा मगर

७. महिला भलिबल टिम

कास्य पदक

१.तेक्‍वान्दो पुम्से (२९ वर्ष माथि)-रेजिन रिमाल

२.तेक्‍वान्दो पुम्से (१७-२३ वर्ष)-अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष)-जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७-२३ वर्ष-शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि)-कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन-बसन्त थारु

७.कराँते-राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर)-टंक कार्की

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.