|
फाइल तस्वीर

धरान : धरान उपमहानगरपालिकाले लगाएको कर घटाउन नेकपा धरानले उपमहानगरको संसदीय दललाई निर्देशन दिएको छ।

धरान नेकपाको निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकले प्रेस विज्ञप्ति जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन संसदीय दललाई निर्देशन दिएको हो। नेकपाको राम्रो पकड भएको धरानमा निर्वाचनमा लजास्पद हार व्यहोरेपछि कार्यदल बनाएर कर घटाउन भनेको हो। निर्वाचन हार्नुमा कर वृद्धि प्रमुख कारण डेखाउँदै नेकपाले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी कर घटाउन निर्देशन दिएको हो।

‘जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि लागू गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरू घटाउने कार्य शुरु गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चुनावी अभियानको बेला पनि नेकपाका तर्फबाट मेयरका प्रत्यासी प्रकाश राईले करको विषयमा पुनरावलोकन गर्ने र जनताले तिर्न सक्नेगरी व्यवस्थापन गर्ने अभिव्यक्ति दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.