|
फाइल तस्वीर

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलंकीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

महाशाखाले बुधबार एक सूचना जारी गरी आगामी २० गते शुक्रबार कलंकीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलंकीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोठिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरे। उनले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.