बालक मृत फेला

|

सर्लाही : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट बिहीबार दिउँसो एक पैदलयात्रीको मृत्य भएको छ।

जिल्लाको नवलपुर मलंगवा सडकखण्डअन्तर्गत मलंगवा नगरपालिका-११ गम्हरियास्थित मलंगबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले पैदल यात्री मलंगवा नगरपालिका-७ गणेशीयाका ६० वर्षीय धरिक्षण महरालाई ठक्कर दिई घाइते भई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाने क्रममा उनको बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक साबिक सर्लाहीकै गाविस भाडसर-६ भई हाल लालबन्दी नगरपालिका-१ नवलपुरका २६ वर्षीय अवलेश मिकरानीलाई प्रहरी नियन्त्रणमा राखिएको छ।

यस्तै, तीन दिनदेखि हराइरहेका दुई वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्। छिमेकी मुलुक भारत सितामढी घर भई हाल मलंगवा नगरपालिका-१ भेडियाही मामाघर बस्दै आएका आवास नटका २ वर्षीय छोरा सुवास नटको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबारदेखि हराइरहेका बालकको खोजी गर्ने क्रममा घर नजिकैको नालाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ। मृतक दुवैको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरी प्रमुख(एसपी) गोपालचन्द्र भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.