|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय जलस्रोत तथा सिँचाइ विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पूर्वाधारको विकासबिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताए।

उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनै पनि आयोजना अगाडि बढ्न गाह्रो हुने बताए। उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्त्वपूर्ण भए पनि दक्ष जनशक्ति नेपालमा नभएको बताए। मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताए।

मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भए पनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताए। सरकारले पछिल्लो समय विभिन्न सुरुङ मार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पूर्वाधार र जनशक्ति दुवै तयार हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.