|

काठमाडौं : उद्योगी व्यवसायीहरुले बैंकको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरू बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछिको एकीकृत कारोबारको सुभारम्भका अवसरमा यस्तो बताएका हुन्। उनले बैंकले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताए।

अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिए पनि उद्योगीहरूले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताए। उनले बैंकहरूको ब्याजदर पटकपटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरूले ब्यजदर घटेको अनुभव गर्न नपाएको बताए। त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरू औद्योगिक विकासमा गम्भीर नभएको गुनासो गुरे। उनले कर्जा लिँदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए।

उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए। त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भीर हुन उनीहरूको आग्रह थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.