|

दैलेख :  यतिबेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्र पारिएको छ। जिल्लाको नाबिस्थान शिरस्थान पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ।

नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चाइना गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति  भएको थियो।

उत्त सहमति अनुसार नेपाल सरकार खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २ अर्व ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा रहेका पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भए अनुसार अहिले अन्वेषणको कामले तीव्रता पाएको छ।

उत्साहजनक नतिजा

दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनामा लागेको चाइनाको विशेषज्ञ प्राविधिक टोलीले अहिले सम्म संकलन गरेका चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको खानी तथा भूगर्भ विभागका भू गर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए।

उनले टोलीले अहिले सम्म गरेको सतही अध्ययनले जमिनमुनि रहेको पेट्रोलियम पदार्थलाई थुनेर राख्न नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण देखिएको बताए।

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु हुनु भन्दा पहिले अन्वेषण परियोजनाका भुगर्भविदहरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी नक्सासमेत तयार पारेर अहिले उत्त नक्सालाई आधार मानी विस्तृत अन्वेषण भइरहेको डा. त्रिपाठी बताउँछन्।

चार वटा सर्भे एकै पटक 

जिल्लामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्यकारलागि अहिले चार वटा सर्भे एकै पटक सञ्चालन भइरहेका छन्। पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य अबका केही दिन भित्रै सम्पन्न हुने र अन्वेषण अन्तर्गतको महत्त्वपूर्ण सिईस्मिक सर्भे आगामी दुई तिन महिना भित्र सम्पन्न गर्ने लक्ष्य प्राविधिक टोलीको राखेको डा त्रिपाठीले बताए। 

चर्चा पुरानै

नेपालमा २०४० देखि देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै खोजिन थालिएको भएपनि अहिलेसम्म परिणाममुखी काम भएको छैन।

अमेरिकाको टेक् साना सोर्सफोर्स कम्पनी युएईको इमिरेट्स एसोसियटेड बिजनेस गुरु युएईरबीबीबी र बेलायतको के एन सइनजीसमेतले लाखौँ डलर नेपालका खानी खोजविना लागि यस भन्दा अगाडि खर्च गरिसकेका छन्।

उति वेला कामको जिम्मा लिएका कम्पमनिले उपलब्धिमूलक काम नगरेको भन्दै ती कम्पनीहरूसँग नेपाल सरकारले २०७१ सालमा सम्झौता  तोडिसकेको छ। 

सरकारले  (जी टु जी गर्भमेन्ट टु गर्भमेन्ट) सम्झौता अनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खननका लागि  चिनियाँ कम्पनीसँग सम्झौता गरेर अहिले अन्वेषणको काम भइरहेको छ। 

डा. त्रिपाठी भन्छन् : अनिश्चित ,चुनौतीपूण कार्य 

पेट्रोलियम उत्खनन कार्य आफैमा अनिश्चित चुनौतीपूर्ण आर्थिक जोखिमको कार्य भएको डा. त्रिपाठी बताउँछन्। अध्ययन अनुसन्धानबाट सम्भावना देखिएका धेरै स्थानमा खोजी कार्य सफल नभएको बताउँदै त्रिपाठीले दैलेखमा पेट्रोलियम पदार्थ भेटिन्छ नै भन्न नसकिने बताए।

निराश हुनु पर्ने अवस्था पनि नरहेको बताउँदै त्रिपाठीले सम्भावना र आशावादी हुने धेरै ठाउँ रहेकाले दैलेखमा सञ्चालन भइरहेको अन्वेषण महत्त्वपूर्ण भएको बताए।

सर्भेका लागि समेटिएका ठाउँ

अहिले सर्भेकारलागि मुख्य चार ठाउँ रहेका छन्। दुल्लु नगरपालिका भैरवी गाउँपालिका महाबु गाउँपालिका र नारायण नगरपालिका विभिन्न क्षेत्रलाई आधार मानी अन्वेषण कार्यलाई  तिव्र पारीएको छ   ।

चामुण्डा विन्दवासिनी नगरपालिका डुङ्गेश्वर गाउँपालिका नौमाले गाउँपालिका र भगवती माई गाउँपालिकाका केही भूभाग पनि अन्वेषण कार्यमा समेटिएका डा. त्रिपाठीले बताए।

यस्तै अन्वेषण गर्ने टोलीका लागि आवश्यक पर्ने जिल्लामा सबै सुरक्षा व्यवस्था मजबुत पारिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

उपलब्धि हातपरे देश नयाँ युगमा

दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषणको कामले सकारात्मक उपलब्धि हासिल भए देश नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिने दैलेखमा लामो समय देखि पत्रकारिता गदै आएका पत्रकार विष्णु शर्माले बताए।

उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश हामालले दैलेखमा पेट्रोलियम खानी मात्र नभएर तामा खानी,फलाम खानी,सिलेट खानी समेत रहेकाले सरकारले यी खानीहरूलाई पनि उत्खनन गर्न तर्फ ध्यान दिनु पर्ने बताए।

पेट्रोलियम पदार्थको उपलब्धि हात परे समृद्ध कर्णाली समृद्ध नेपालको यात्रा तय हुने महासचिव हमालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.