|

कञ्चनपुर : जीर्ण अवस्थमा रहेको कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुल मर्मतको कार्य शुरु भएको छ।  

दोधारा चाँदनी जोड्ने एशियाकै लामो मानिएको झोलुङ्गे पुल मर्मतको अभावमा जीर्ण बनेको हो। जीर्ण पुलको सुदूरपश्चिम सरकारले ठेक्का प्रक्रियामाफर्त मर्मत कार्य अगाडि बढाएको छ। पुल मर्मतका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ थियो भने चालु आवमा ६० लाख बजेट विनियोजन गरेको छ।

शनिबारदेखि पुस ५ गतेसम्म विहान ७ बजेर १५मिनेट देखि ९ बजेर १५ मिनेटसम्म र दिउँसो ११ देखि २ बजेसम्म पुल बन्द गरिने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए। उनकाअनुसार पुल मर्मत छिटो सम्पन्न गर्नका लागि राति ८ देखि १० बजेसम्म मर्मत कार्य गरिने भएको छ। 

पुलको मर्मत सम्भारका लागि थप बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसित माग गरिएको छ। डडेल्धुराको खाम्पाचे-देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी ५ जेभीले पुल मर्मतको ठेक्का लिएको छ।

महाकाली नदीपारिको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर छ। नेपालमा रहेका सबै प्रकारका पुलहरू मध्ये चाँदनी-दोधारा पुल नै सबैभन्दा लामो पुल हो।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ वटा अग्ला टावर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.