|

हेटौँडा : ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेललाई आज शपथग्रहण गराइने भएको छ। उनलाई दिउँसो ३ बजे प्रदेश सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए। उनका प्रतिष्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत ल्याएका थिए।

प्रदेशसभामा आज नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण तथा दुईवटा पुस्तक विमोचन कार्यक्रमसमेत हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.