|

इलाम: नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 

पोखरामा सम्पन्न १३ औं सागको फाइनल खेलपछि दुवै जनाले सन्यास लिने घोषणा गरेका हुन्। निरुले साग गेममा देशका लागि स्वर्ण पदक दिलाएपछि सन्यास लिने बताउँदै आएकी थिइन्। तर उनको इच्छा अधुरो नै रह्यो।

फाइनलमा नेपाली टिम भारतसँग २–० गोल अन्तरले पराजित बन्दै रजत पदक मात्र प्राप्त गर्‍यो। बाँके स्थायी घर भएकी २९ वर्षीया निरु सन् २०१० बाट नेपाली राष्ट्रिय टिमको मुख्य सदस्यको रुपमा रहँदै आएकी थिइन्। उनी हाल विभागीय टिम नेपाल पुलिसबाट खेल्दै आएकी छन्। 

यता मोरङको लेटाङकी २७ वर्षीया मनमाया सन् २०१४ बाट नेपाली राष्ट्रिय टोलीको डिफेन्सिङ लाइन सम्हाल्दै आएकी छन्। उनी अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँग आवद्ध रहेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.