|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था जरुरी भएको बताए। 

मंगलबार कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलात्कार तथा हत्या न्यूनीकरणका लागि कानुनमै कडा व्यवस्था गरिनु पर्ने बताए। उनले नेपाली कांग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागी हुनेहरूलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए।

सभापति देउवाले महिला हिंसा न्यूनीकरका लागि सरकारले काम नगरे पनि नेपाली कांग्रेसले भने काम गरिरहेको बताए। कार्यक्रममा कांग्रेस महासचिव शशांक कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रम मै राखेर अगाडि बढ्नुपर्ने बताए। त्यस्तै कांग्रेस नेतृ आरजु देउवाले महिलामुखी मुद्दा नेपाली कांग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताइन्।

नेपाली कांग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामको बारेमा प्रतिष्ठान अगाडि बढ्नुपर्ने समेत उनले बताइन्। महिला नेतृ उमा रेग्मीले नेपाली समाजमा महिलालाई वस्तुको रुपमा हेरिएकाले सरकार यसप्रति गम्भीर नभएको आरोप लगाइन्। उनले लोकतन्त्रको नाउँमा झन बढी महिला हिंसा बढेको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.