|

काठमाडौं : कडा चुनौती दिएको भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलतर्फको स्वर्ण पदक जित्न सफल भएको छ।

१८ हजार दर्शकमाझ नेपालले पहिलो स्वर्ण जित्ने भुटानको सपनालाई तुहाउँदै १२औँ सागमा जितेको स्वर्णको रक्षा गर्न सकेको हो। यसअघि सन् २०१६ मा भारतमा भएको सागमा पनि नेपालले स्वर्ण पदक जितेको थियो। यद्यपि, नेपालले आफ्नो गृह मैदानमा सागमा स्वर्ण जितेको ३५ वर्षपछि मात्रै हो।

युवा खेलाडी उतारेको नेपालका लागि पहिलो गोल खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गर्दै अग्रता दिलाएका थिए। उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरेका थिए। नेपालका लागि सुनिल बलले खेलको ५२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता २-१ मा पुर्‍याएका थिए।

त्यसअघि खेलको १६औँ मिनेटमा लिएको अग्रता तोड्दै भुटानले खेलको ३६औँ मिनेटमा बराबरी गोल फर्काएको थियो। भुटानका लागि छेतेन ग्याल्जेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। यद्यपि, भुटानले सागमा पहिलोपटक  ऐतिहासिक स्वर्ण जित्ने अवसर गुमायो।

यो स्वर्णसँगै नेपालले फुटबलबाट पाकिस्तानले बनाएको सर्वाधिक ४ स्वर्णको कीर्तिमानमा पनि बराबर गरेको छ। सन् १९८४, सन् १९९३ र सन् २०१६ मा नेपालले चार पटक दक्षिण एसियाली फुटबलको उपाधि जितिसकेको छ।

अघिल्लो सागको विजेता टोली भएकाले नेपाली खेलाडीको आत्मविश्वास उच्च थियो। त्यसमाथि पनि घरेलु मैदानमा भएकाले नेपाली दर्शकको साथ पनि राम्रो पाएको थियो। हजारौँको संख्यामा रंगशालामा पुगेका दर्शकले नेपाली खेलाडी हिटिङ गरेर हौसाएका थिए।

हेर्नुहोस् फोटो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.