कात्तिकयता नवौं पटक डायलाइसिस

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अबको सम्पूर्ण उपचार त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हुने भएको छ।

एपेन्डिसाइटिस भएर १० दिनसम्म उपचार गरेर फर्किएको छैटौँ दिनमा प्रधानमन्त्री ओली मिर्गौलाको नवौँ डायलाइसिसका लागि मंगलबार साँझ मनमोहन सेन्टर पुगेका छन्। उनको मनमोहन सेन्टरस्थित दोस्रो तल्लाको सीसीयुमा राखेर डायलाइसिस गरिँदैछ। 

एपेन्डिसाइटिसको अपरेसनपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई इन्फेक्सनको आशंका गरिएको चिकित्सकहरूले बताएका छन्। उनलाई इन्फेक्सनको आशंका गरिएपछि स्लाइन र इन्टिबायोटिक चलाइएको छ। 
 
सिंगापुरमा गत भदौमा मिर्गौलाको आयु बढाउन छ पटकसम्म गरिएको प्लाज्मा फेरोसिसले काम नगरेपछि ओली गत कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गराएका थिए।

एपेन्डिसाइटिसको अप्रेसनपछि मनमोहनको आईसीयूमा १० दिनसम्म रहने क्रमम प्रम ओलीको मिर्गौलाको पनि डायलाइसिस भएको थियो। महनमोहनको पाँचौ तल्लामा रहने क्रममा डायलाइसिसका लागि त्रिवि शिक्षण अस्पतालबाट मेसिन लानुपरेको थियो।

म‌ंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि पुगेका ओलीको अबको सबै उपचार मनमोहनमै गर्ने गरी प्राविधिक सामान जुटाउन लागिएको हो। प्रम ओलीको मिर्गौलाको डायलाइसिसका लागि मनमोहनले आफैँ मेसिन किन्‍ने तयारी गरेको छ। 

स्रोतका अनुसार मिर्गौलाको डायलाइसिस मेसिन किन्नका लागि २५ लाख रुपैयाँमा अर्डर गरिसकिएको छ। दुई महिनाकोबीचमा नवौँ पटक डायलाइसिस गरिसकेका प्रमको मुटु तथा अन्य अंगको नियमित उपचार ब मनमोहनमै हुने भएको हो।

मिर्गौलाले करिब काम गर्न छाडिसकेको अवस्थामा नियमित डायलाइसिस भइरहेको छ। मनमोहनमै प्रमको अन्य उपचार तथा नियमित फलोअप पनि हुने भएको छ। 

एपेन्डिसाइटिसको अपरेशनपछि आराम गरिरहेका प्रमको यो पटक सोमबारै डायलाइसिस गर्न लागिएको थियो। तर उनी मन्त्रिपरिषद्सहितका बैठकमा व्यस्त भएपछि आज मनमोहन पुगेका हुन्।

१३औँ सागको समापन समारोहमा भिडियो सन्देशमार्फत् सम्बोधनपछि ओलीलाई मनमोहन लगिएको हो। डायलासिस सकिएपछि ओली आजै सरकारी निवास वालुवाटार फर्किने भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.