|

तनहुँ : भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दासम्म पनि तनहुँमा जोखिमयुक्त लाभग्राहीले घर बनाउन सकेका छैनन्। अशक्त, अपाङ, एकल महिलालाई जोखिमयुक्त लाभग्राही थप अनुदान समेत पाउने व्यवस्था भए पनि निर्माण गरिदिने नहुँदा उनीहरूको नयाँ घरमा बस्ने सपना अधुरै रहेको हो। 

जिल्लामा ५१२ जोखिमयुक्त लाभग्राहीको रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँका सूचना अधिकारी एवं शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए। जोखिम वर्गलाई थप ५० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था भए पनि हालसम्म अनुदानको लागि सम्झौता गर्न नआएको उनले जानकारी दिए।

धेरै क्षति पुगेका जिल्लामा स्वदेशी तथा विदेशी गैरसरकारी सस्थाहरू सहयोग गरे पनि तनहुँमा सहयोगी सस्थाहरू नभएको इकाइले जनाएको छ। इकाइका अनुसार स्थानीय तहले समिति गठन गरेर, ठेक्का दिएर कसरी बनाउने हो भन्ने नितिगत स्पष्ट व्यवस्था नभएकोले जोखिम वर्गका लाभग्राहीको नयाँ घर बन्न नसकेको हो।

स्पष्ट नीतिगत निर्णय हुनासाथ जिल्लाका जोखिमयुक्त लाभग्राहीसम्म थप अनुदान पुर्‍याइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँका नायव सुब्बा रामराज न्यौपानेले बताए।

‘जिल्ला समन्वय समितिको संयोजकत्वमा बनेको समितिले जोखिमयुक्त लाभग्राही पहिचान गर्नुपर्ने हुन्छ, तर पहिचानको तथ्यांक अझैसम्म पूर्णरूपमा नआएकोले सम्भौता हुन नसकेको इकाइले जनाएको छ’ उनले भने।

पालिकासँग मिलेर अगाडि जाने की प्राधिकरणले पहिचान गर्ने भन्ने विषयमा पनि प्राधिकरणले निर्णय नगर्दा पनि यो अनुदान उनीहरू समक्ष पुर्‍याउने अवस्था नरहेको न्यौपानेको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.