|

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्किस क्लब गालाटासारेमाथि ५–० को सानदार जित निकालेको छ। पछिल्लो जितसँगै पीएसजी युइएफए च्याम्पियन्स लिगको समूह ‘ए’ विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। 

बुधबार राती आफ्नै घरेलु मैदानमा पीएसजीका पाँचजना खेलाडीहरु पाँच गोल गरे। पीएसजीले लगभग एकतर्फी जस्तो देखिएको खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गर्‍यो। युवा खेलाडी केलियन एमबाप्पेले एक गोल गर्दै दुई गोलका लागि असिस्ट समेत गरे।

३२ औं मिनेटमा मोउरो इकार्डी र ३५औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० ले अघि बढाए । ४७औं मिनेटमा नेयमार, ६८औं मिनेटमा, एमबाप्पे, ८४औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ५–० को सानदार जित दिलाए । 

जारी च्याम्पियन्स लिगमा पीएसजी अहिलेसम्म अपराजित रहँदै ६ खेलबाट १६ अंक जोड्न सफल भएको छ। यसअघिका खेलमा पीएसजीले समूहमा ५ खेलमा जित र १ मा बराबरीको नतिजा निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.