|

वेस्टइंन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिजको अन्तिम खेलमा भारत ६७ रनले विजयी भएको छ। भारतले दिएको २४० रनको लक्ष्य पछ्याएको वेस्टइंन्डिज १७३ रनमा समेटियो। वेस्टइंन्डिज पराजित भएसँगै भारतले सिरिज जित्यो।

भारतले वेस्टइंन्डिज विरुद्ध तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ। पुरै सिरिजमा कप्तान विराट कोहलीले ११३ र रोहित शर्माले ९४ रन बनाए। यी दुबैको यो स्कोरसँगै टी–२० करिअरमा समान २६३३ रन भएको छ। १४२ वर्षे लामो क्रिकेट इतिहासमा यो पहिलो पटक भयो जहाँ कुनै फर्मयार्टमा दुई खेलाडी रन बनाउने मामिलामा पहिलो स्थानमा रहे।

वेस्टइंन्डिजविरुद्ध मुम्बईमा भएको तेस्रो टी–२०  अघि कोहली रन बनाउने खेलाडीमा पहिलो नम्बरमा रहेका थिए। यो खेलमा बुधबार कोहलीले ७० र रोहितले ७१ रन बनाए। 

जसका कारण दुवैै खेलाडी शिर्ष स्थानमा संयुक्त रुपमा रहे। रोहितले ३४ बलमा ७१ रन बनाउँदा दोस्रो तर्पm कोहलीले २९ बलमा ७० रन बनाए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.