|

काठमाडौं : गायिका सुमिता राईको डेब्यु एल्बम  ‘सगुन’  भित्र समावेश गीत 'कोही भन्छन् फूल मलाई' को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो “कोही भन्छन् फूल मलाई” गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत विक्रम राईको रहेको छ। पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका हुन्।

भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर नृत्य देख्न सकिन्छ। नेपालको विभिन्न रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई अकिल बजगाईंले छायांकन गरेका हुन्। प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन्।

गोबिन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो खरुन राईले निर्माण गरेका हुन्। सुमिता राईको आफ्नै अफिसिएल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.