|

तनहुँ : तनहुँको भिमाद नगरपालिका ८ टुकमराङमा माटोको ढिस्को पुरेर बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद नगरपालिका ८ चैनपुरका ५८ वर्षीय काले परियार रहेका छन्। 

ढुंगा खानीबाट ढुंगा झिक्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर परियार पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार परिएका परियारको निशासिएर मृत्यु भएको छ। मृत अवस्थामा परियारलाई करिव ३ः४५ बजे निकालिएको लामिछानेले बताए। 

परियारको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी हवल्दार गणेश ऐरको टोलीले माटोको ढिस्कोबाट निकालेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.