जामको चिन्ता गर्न नपर्ने

|

काठमाडौं : नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक जित्ने नेपाली खेलाडी र प्रशिक्षकहरुलाई आज नगर परिक्रमा र नागरिक अभिनन्दन गरिँदैछ। खेलाडी र प्रशिक्षकलाई सम्मान गर्न राष्ट्रिय खेलकुद परिषदले नगर परिक्रमा र अभिनन्दन गर्न लागेको हो।

बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट शुरु हुने नगर परिक्रमाका क्रममा खेलाडी र प्रशिक्षकहरुलाई न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुर्‍याइनेछ। सल्लाघारीबाट फेरि कोटेश्वर, बानेश्वर हुँदै खेलाडीलाई खेलकुद परिषद्को प्रांगणमा ल्याई नागरिक अभिनन्दन गरिनेछ। नागरिक अभिनन्दनमा सहभागी हुन राखेपले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ। 

खेलाडीहरु र प्रशिक्षकलाई नगर परिक्रमा गराइने भएपनि सवारी आवागमन प्रभावित ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। नगर परिक्रमका क्रममा ट्राफिक जाम हुन नदिन प्रहरीले सडकबाट लेन छुट्याउन राखिएका डिभाइडर हटाइसकेको छ।

१३औं साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। १३‍औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ४५ कास्य गरी कूल २०६ पदक जितेकाे छ। हालसम्मको सागमध्ये यो संस्करणमा नेपालले सबैभन्दा बढी स्वर्णपदक जितेको हो। 

सागमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा  गरेका छन्। घोषणा अनुसार स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख र दुई वा दुई भन्दा बढी पदक विजेतालाई प्रति पदक ११ लाख रुपैयाँका दरले नगद पुरस्कार दिइने छ। त्यस्तै रजत र कास्य विजेता खेलाडीलाई क्रमश: ६ लाख र ३ लाख रुपैयाँ प्रदान गरिने छ भने समूह इभेन्टका स्वर्ण विजेतालाई भने ५ लाख रुपैयाँका दरले पुरस्कार दिइने छ। 

सरकारको पुरस्कार : गौरिकालाई ५६ लाख, अन्य तीनलाई जनही २२ लाख

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.