|

चितवन : रत्ननगर नगरपालिका–२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन्।  बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो।

४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ। सहचालक तामाङ फरार रहेका छन्।

दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.