उभिएको छु
रेल्वे स्टेशन बाहिर
एउटा बुढो शहरको छेवैमा छन्
सहरभन्दा जेठा बा
उनकै अनुहारमा ऐना हेरेझै लाग्छ बादल लागेको आकाश
मैले सोधेँ "बा रेल छुट्यो ?"
बुढाले कापेको आवाजमा भने " हैन म छुटे"
त्यही दिन देखि यकिन भएको छ
छुटेकी तिमी होइन रहेछौ
छुटेको म रहेछु
छुटेका खुसी हैन रहेछन
छुटेको म रहेछु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।