|

काठमाडौं : यो वर्षको हिउँदे झरी शुरु भएको छ। शुक्रबार बिहानदेखि काठमाडौंमा पानी परिरहेको छ। पानी परेको र चिसो बढेपछि उपत्यकामा सवारी आवागमन पातलो देखिन्छ। पानी परे पनि आ-आफ्नो गन्तव्‍यमा पुग्‍ने मानिसहरू बिहानैदेखि निस्‍केका देख्‍न सकिन्थ्यो। सधैँझै सवारी जाम हुने नयाँ बानेश्‍वर, कोटेश्वर, चावहिल लगायतका क्षेत्रमा पनि सवारी चाप कम देखिन्थ्यो।

अघिपछि बिहानैदेखि भिडभाड देखिने पशुपतिनाथ मन्दिर क्षेत्रमा पनि शुक्रबार बिहान वर्षा र चिसोका कारण चहलपहल कम देखिन्थ्यो। सडक किनारामा फूलमाला र प्रसाद बेच्‍न बसेका व्यापारीहरू र मन्दिर आसपासमा बस्‍ने साधुसन्तहरू पनि कमै देखिन्‍थे।

आर्यघाटमा केही शवहरू जलिरहेका थिए भने केही आइरहेको देख्‍न सकिन्थ्यो। बिहानैदेखिको वर्षा र चिसोको प्रभावले पनि हुन सक्छ मलामीहरूको संख्‍या पनि कमै देखिन्थ्यो।

नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ। अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ। बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुने गर्छ। 

मौसम बदलीको प्रभाव आइतबारसम्म रहने र आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.