|

काठमाडौं : लथालिंग रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी समायोजन अझै लम्बिने संकेत देखिएको छ।

कर्मचारी समायोजनको प्रक्रिया सुरुवाती अवस्थामै लफडामा फसेको स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थितरूपमा अन्त्य गर्न अझै समय लाग्‍ने बताइएको हो। मन्त्रालयका प्रवक्ता तथा समायोजन  गुनासो व्यवस्थापन समिति संयोजक महेन्द्रप्रसाद श्रेष्ठले समायोजनलाई टुंग्याउन केही नीतिगत निर्णय आवश्यक भएको बताए।

हुनत भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समाल्न आइपुगेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई  समेत कर्मचारीहरुले यस विषयमा गम्भीर रूपमा सक्रिय भएर लाग्न आग्रह गरिसकेको छ। हुन त स्वास्थ्यमा ठूलो संख्या समायोजनमा भइसको छ।  केही संख्या बाँकी नै छ  तर बाँकी रहेको कतिपय संख्यालाई मन्त्रालयले नीतिगत निर्णय गर्नुपर्ने श्रेष्ठले बताए।

उनले भने, ‘ समायोजनलाई टुंग्‍याउनका लागि केही निजीगत निर्णय हुनुपर्छ, समायोजनले कतिपयलाई भौगोलिक रूपमा अप्ठेरो परेको, कतिपयको पद तथा पदनाममा गडबड भएको र कतिपयलाई स्थानीय तहबाट फर्काइएको छ, काठमाडौंमा सबै बस्न खोजेका छन्, धनगढीमा सबै बस्न खोजेका छन्।'

उनले कर्मचारी समायोजनमा नीतिगत समस्या रहेको बताए। उनले भने, 'कतिपयमा नीतिगत समस्या छ,  पद घटेको छ, पदनाम घटेको छ, अथवा स्थानीयमा परेको छ उनीहरूलाई माथि पनि जानुपरेको छ, यसलाई कसरी समाधान गर्ने? अर्को भनेको स्वास्थ्यबाट पत्र लिएर हाजिर हुन गए तर पालिकाले फिर्ता गरिदियो, यस्ता कर्मचारी घन न घाटको भएको अवस्था छ। यसलाई पनि सम्बोधन गर्नु जरुरी छ।'

त्यसो त स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि नै समायोजनमा नीतिगत निर्णय गराएरै भए पनि टुंगोमा पुयाउने बताएका छन्। उनले समायोजन गर्दा कर्मचारीको पद घटुवा नहुने स्पष्ट पारिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.