भिजेको देखेर दर्शक नैं छक्क परे

|

काठमाडौं : नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीहरूलाई नगरपरिक्रमा गराइएको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरूलाई अविर र फूलमाला लगाएर नगर परिक्रमा गराएका हुन्। विजेता खेलाडीहरूलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहे पनि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए।

उपाध्यक्ष तिम्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदक विजेता खेलाडीहरुलाई परिक्रमा गराइएको थियो। उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरू पनि थपेको बताए।

उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडि, उनीहरुका अभिभावकको ठूलो सहयोग रहेको बताए। मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो। खेलकुद परिषदले यस्तो झरीमा उपयुक्त सवारी साधनको व्यवस्था नगर्नुलाई खेलाडिले त के भने थाहा भएन, तर सडक छेउ बसेर हेर्ने दर्शकले भने अनौठो नैं मानेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.