|

हेटौंडा : मकवानपुर प्रहरीले १० किलो लागुपदार्थ चरेशसहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै १० किलो लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको जनाएको हो।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भैंसे भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका २ स्थितमा भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको १० किलो २५० ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका ७ बस्ने मोटरसाइकल चालक अरविन्दकुमार पटेल र मोटरसाइकलमा सवार बारा आदर्श कोतवाल गाउँपालिका १ बस्ने सुल्तान मिया अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन्। 

चरेश कालो झोलामा प्लास्टिकले टेपले बेरेर १० वटा पोका बनाएर ल्याएको अवस्थामा पक्राउ गरेको उपरीक्षक सिंहले पत्रकार भेटघाटमा बताएका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.